सहकारी ठगी प्रकरण
रवि रिहा : खुसीयालीमा भाले बोकेर पुगे समर्थक (तस्बिरहरु)
बिहीबार, २४ माघ २०८१, १८ : ०३

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेसँगै समर्थकहरूले खुसीयाली मनाएका छन् । केही समर्थक खुसीयालीमा अदालत आसपासको क्षेत्रमा भालेसमेत बोकेर पुगेका थिए ।
सो क्रममा समर्थकहरूले रविको पक्षमा नाराबाजी गरेका थिए । चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो ।
साहारा सहकारी ठगीमा अदालतले बिहीबार उनलाई ५४ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ । यससँगै रवि धरौटी बुझाएर बिहीबारै रिहा भइसकेका छन् ।
तस्बिरहरुः सुजन पन्त
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच
-
आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनाैँ : गगन थापा
-
क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो
-
ट्राफिकले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो कति पुरानो ?
-
प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेविसंघ नेताहरू पक्राउ
-
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ