बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘लाज शरणम्’को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’

बिहीबार, २४ माघ २०८१

काठमाडौँ । फिल्म ‘लाज शरणम्’को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको छ । शान्ती श्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द र  कृष्ण भारध्वजको संगीत छ । 

एक–अर्कामा आकर्षित भएका युवायुवतीको प्रेम गीतमा देखाउन खोजिएको छ । प्रेमीप्रेमिकाले अनुहार हेर्दै भावले उसको भावना बुझ्ने गीतको शब्द र भिडियोले बुझाउँछ ।

भिडियोमा माला लिम्बू, गजित विष्टसँगै फिल्ममा अधिकांश मुख्य कलाकारको अभिनय छ । तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा गीत छायांकन भएको छ । 

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले बनाएको फिल्म हो । फिलमको शिर्ष भुमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन् । धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

कुमार कट्टेलले निर्देशन गरेको फिल्म फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुँदैछ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया