युवतीको अश्लील भिडियो आफन्तले पाएपछि...
बिहीबार, २४ माघ २०८१, १७ : ४५
काठमाडौँ । साइबर अपराधको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको लमही निवासी २१ वर्षीय रवि सिंह रसैली रहेका छन् ।
साइबर ब्युरोका अनुसार एक युवतीको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।
पीडित युवतीसँग सम्बन्धमा रहँदा उनले अश्लील भिडियो तथा तस्बिरहरु खिचेको र ती तस्बिरहरु पछि पीडितको आफन्तको मेसेन्जेरमा पठाइदिएपछि प्रहरीमा उजुरी परेको थियो ।
उजुरी परेसँगै सम्बन्धमा प्राविधिक विश्लेषण सहितको अनुसन्धान गर्ने क्रममा रसैली खुलेसँगै विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको साइबर ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत
-
चार स्रष्टालाई पारिजात सम्मान