प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी हुँदै
![प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी हुँदै](https://npcdn.ratopati.com/media/news/whatsapp-image-2025-02-06-at-4.32.19-pm_uYiQ2GNjPH.jpg)
काठमाडौँ । बाँसको सम्भावना, अवसर र चुनौतीका लागि प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी भइरहेको छ । आगामी फागुन १५, १६ र १७ गते खोटाङको दिक्तेलमा हुने प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारीका लागि बिहीबार गोष्ठी आयोजना भएको हो ।
काठमाडौँमा आयोजित बाँससँग सम्बन्धी गोष्ठीमा बाँसको सम्भावना, अवसर र चुनौतीसम्बन्धी छलफल भएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ नाराका साथ सम्मेलन हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा बाँसको खेतीलाई सुधार र बिस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसको खेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने, बाँसको प्रवर्धनका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामाग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने उद्धेश्य रहेको आयोजकले जनाएको छ ।
बाँसजन्य वनस्पतिका ७५ भन्दा बढी प्रजाति नेपालमा पाइन्छ । त्यसबाट १ हजार ५ सय प्रकारका सामान उत्पादन हुँदै आएको छ । ती सामानको खपत स्वदेशमा भइरहेको छ भने विदेशसमेत निर्यात हुने गरेको छ ।
यस्तै, बाँसको अध्ययन तथा अनुसन्धानलाई थप बढवा दिने, आर्थिक उपार्जनका लागि बाँसलाई वैकल्पिक श्रोतको रूपमा विकास गर्ने, बाँसको व्यवसायीकरण र प्रत्यक्ष तथा अप्रत्यक्ष लाभका बारेमा जानकारी गराउने आयोजक तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।
सम्मेलनमा एक सयजना सरकारी तथा गैरसरकारी निकाय व्यक्ति, एक सय जना वन उपभोक्ता समूह, पचास विश्वविद्यालय तथा अनुसन्धान केन्द्र र एक सय जना विद्यार्थी गरी ३५० जना बढीको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । सम्मेलनका गतिविधिहरू बाँस विज्ञहरूको प्रस्तुतीकरण, विभिन्न जिल्लामा बाँसबाट निर्मित सामाग्रीहरूको स्टल प्रदर्शन, विभिन्न सांस्कृतिक झाँकीहरूको प्रदर्शन हुनेछ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सम्मेलनको मुख्य आयोजक रहने छ भने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश र ग्रिन बाम्बो क्रिएशन प्रालि ललितपुर आयोजक रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल विधेयकविरुद्ध अनलाइन टिभी पत्रकार संघले आन्दोलन गर्ने
-
विराटनगर नागरिक अभियानद्वारा सामाजिक सञ्जाल विधेयक विरुद्ध प्रदर्शन गर्ने
-
टिकटकरसँगको फोटो राखेर ओलीले हाने प्रचण्डलाई झटारो
-
‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक
-
श्रमिकको न्यूनतम तलब २८ हजार बनाउन माग
-
विपद् व्यवस्थापनमा सरकारको भूमिका खोज्दै बागमतीका सांसद