बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय
विपिन जोशी वेपत्ता प्रकरण

जब इजरायलका राष्ट्रपतिले राजदूत पण्डितलाई फोन गरे...

बिहीबार, २४ माघ २०८१, १७ : १४
बिहीबार, २४ माघ २०८१

काठमाडौँ । इजरायली राष्ट्रपति इज्याक हर्जोगको कार्यालयबाट इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डितलाई फोन आयो । र राजदूत पण्डितलाई भनियो– ‘दुई घण्टापछि राष्ट्रपति तपाईंसँग कुुरा गर्न चाहनुहुन्छ तयार रहनुहोला ।’

 राष्ट्रपतिको कार्यालयले राष्ट्रपति हर्जोगले २ बजेर १५ मिनेटमा फोन गर्नुहुन्छ तयार रहनुहोला भनेको थियो । त्यही अनुसार राजदूत पण्डित तयार भएर बसे । पछि २ बजेर २१ मिनेटमा राष्ट्रपति हर्जोगले फोन गरे । कुराकानीको क्रममा राष्ट्रपति हर्जोगले विपिन जोशीको रिहाईका लागि उच्च तहको प्रयास गरिरहेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगसँग समेत विपिनको रिहाईको विषय उठान भएको थियो ।

अमेरिकाको भ्रमणमा रहेका बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग यो विषयमा कुरा उठान गरेका हुन् । हमासको कब्जामा अब दुई जना मात्रै विदेशी रहेको र तीमध्ये एकजना नेपालका विपिन जोशी रहेको विषयमा प्रधानमन्त्रीले कुरा उठान गरेको जानकारी आफूले पाएको राजदूत पण्डितले बताए ।

रातोपाटीसँगको टेलिफोन सम्पर्कमा कुरा गर्दै राजदूत पण्डितले विपिनको रिहाईका लागि इजरायलले समेत उच्च तहको पहल गरिरहेको बताए । ‘इजरालयका राष्ट्रपति प्रधानमन्त्री सबै जना उच्च तहको पहलमा लागिरहनुभएको छ । त्यहि भएर राष्ट्रपतिले नै मलाई फोन गरेर कुरा गर्नुभयो,’ उनले भने ।

उनीहरूले अन्तिम सम्मको कोसिस गरिरहेको बताएका थिए । अमेरिकी राष्ट्रपतिलाई समेत भनेको जानकारी आफुलाई गराएको राजदूत पण्डितले बताए । परराष्ट्र मन्त्रालयले हिजो एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति हर्जोगले राजदूत पण्डितसँग टेलिफोन कुराकानी गरेको जनाएको थियो । कुराकानीका क्रममा हरसम्भव प्रयास भइरहेको जानकारी गराएका थिए ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । सोही क्रममा जोशीसहित अन्यलाई हमासले कब्जामा लिएर अपहरण गरेर गाजातर्फ लगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप