राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस रिसवत लेनदेन गरी भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा बिहीबार अख्तियारले पौडेल र भारतीय नागरिक दिपक आनन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा आव २०७४/७५ मा आह्वान गरिएको बोलपत्रको खरिदमा पौडेलसमेतले भ्रष्टाचार गरेको भन्ने उजुरी परेपपछि यस सम्बन्धमा अख्तयारले अनुसन्धान गरेको थियो । पौडेल र नेपालका लागि एफ ५ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दिपक आनन्दको आपसी मिलोमतोमा केन्द्रलाई आवश्यक सामग्री खरिद घुस लेनदेन भएको पाइएको अख्तियारको भनाइ छ ।
जसअनुसार पौडेलले तीन करोड आठ लाख पचास हजार चार सय रुपैयाँ घुस लिएको भन्दै अख्तियारले दुवै विरुद्ध तीन करोड आठ लाख पचास हजार चार सय रुपैयाँ बिगो र कैद जरिवाना सजाय माग गरेर मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तिायरले घुस रिसवत जफत-असुल उपर हुन मागदाबी समेत लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनापछि विश्वविद्यालय उपकुलपति विहिन
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
-
‘नरसिंहाः अवतार’ मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा
-
भक्तपुरमा बिस्केट जात्रा सुरु