बक्स अफिसमा पूर्ण रूपमा फ्लप भयो शाहिदको 'देवा'

भारत । शाहिद कपुरको फिल्म 'देवा' बक्स अफिसमा पूर्ण रूपमा फ्लप भएको छ।
बलिउडका फ्यानले यो फिल्मबाट धेरै अपेक्षा गरे पनि पहिलो र दोस्रो दिनको कलेक्सनपछि यस फिल्मको कमाइ निकै घट्न थालेको छ। फिल्म रिलिज भएको सात दिन बितिसक्दा 'देवा'ले आफ्नो बजेटको आधा रकम मात्र उठाउन सकेको देखिएको छ।
‘देवा’ मा शाहिद कपुरसँगै पूजा हेगडे, पावेल गुलाटी र गिरीश कुलकर्णी महत्वपूर्ण भूमिकामा छन् । फिल्ममा शाहिदले पुलिस अफिसरको भूमिका निर्वाह गरेका छन्। फिल्ममा पूजाले पत्रकारको भूमिका निभाएकी छिन् ।
सातौं दिन साँझसम्म फिल्मले जम्मा ७० लाख मात्र भारु कलेक्सन गरेको छ । अर्थात् फिल्मको कुल कलेक्सन २७ दशमलव ३५ करोड भारु पुगेको छ ।
भारतीय बक्स अफिसको रिपोर्टअनुसार 'देवा'ले पहिलो दिन ५.५ करोड, दोस्रो दिन ६.४ करोड, तेस्रो दिन ७.२५ करोड, चौथो दिन २.७५ करोड, पाँचौँ दिन २.४ करोड र छैटौं दिन २.३५ करोडको व्यापार गरेको छ । अर्थात् फिल्मको कमाइ दैनिक घट्दै गइरहेको छ।
५० करोड भारुमा बनेको यो फिल्मलाई रोशन आन्द्रेसले निर्देशन गरेका हुन्। यद्यपि, फिल्म निर्माता सिद्धार्थ रोय कपुरले भने 'देवा' आफ्नो लगानी पूर्ण रूपमा उठाउने बताइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !