नाजी सोल्यूट गर्नेलाई अष्ट्रेलियामा अनिवार्य जेल सजाय
![नाजी सोल्यूट गर्नेलाई अष्ट्रेलियामा अनिवार्य जेल सजाय](https://npcdn.ratopati.com/media/news/capture_fW8S8ZASOz.png)
क्यानबेरा । अस्ट्रेलियामा नाजी सोल्यूट गर्नेलाई अनिवार्य जेल सजाय दिने भएको छ । बिहीबार त्यहाँको संसदमा पारित भएको संशोधित कानुनहरूअनुसार घृणा फैलाउने ‘सिम्बोल’ र आतङ्क फैलाउनेलाई एक वर्षदेखि ६ वर्षसम्मको जेल सजाय दिइनेछ ।
नयाँ कानुनहरू बिहीबार पारित गरिएको छ । एकपछि अर्को गर्दै यहुदी विरोधी हाइ प्रोफाइल अभिव्यक्तिहरू आइरहँदा बिहीबार ती कानुन पारित भएका हुन् ।
यी संशोधनलाई अधिकारीहरूले ‘अमेरिकामा घृणा फैलाउने अपराधविरुद्धको अहिलेसम्मकै कडा कानुन’ भनेका छन् । तर आलोचकहरूले चाहिँ यसलाई सत्तारुढ दलले यस अघि नमानेको विपक्षीहरूको माग मानेको र अनिवार्य जेल सजायको विरोध गर्ने आफ्नै नीतिविरुद्ध गएको बताइरहेका छन् ।
संशोधित कानुनअनुसार नाजी सोल्यूट गर्नेले अब अस्ट्रेलियामा एक वर्षको जेल सजाय पाउनेछन् । त्यस्तै घृणा व्यक्त गर्ने प्रतीक देखाउनेलाई पनि एक वर्षकै सजाय दिइनेछ । आतङ्कवादलाई वित्त पोषण गर्नेले ३ वर्षको जेल सजाय पाउनेछ । आतङ्कवादी गतिविधि गर्ने वा योजना बनाउनेले ६ वर्ष जेलमा बस्नुपर्नेछ ।