बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

‘ओई माया ओई’मा श्रीदेव र अनामिकाको प्रेमकथा

बिहीबार, २४ माघ २०८१

काठमाडौँ । गायक सविन सुवेदीको स्वर रहेको गीत ‘ओई माया ओई’ सार्वजनिक भएको छ । सञ्चारकर्मी समेत रहेका गीतकार शान्तिप्रियको शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् ।

छायाँछवी क्रियशनले गीतको भिडियो निर्माण गरेको छ । जसमा काकार श्रीदेव भट्टराई र अनामिका चौलागाईको अभिनय छ । प्रेमकथा देखाउन खोजिएको गीतमा बालकलाकार परिषा थापा र रोनिश खड्काको समेत अभिनय छ ।

भिडियोको निर्देशक सियोन श्रेष्ठले गरेका हुन् । सन्जिवनी गोपालीको कोरियोग्राफी रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र शिलन लम्सालको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया