झगडा नपर्दासम्म हाम्रो शो बन्द हुन्न : कपिल शर्मा
नयाँ दिल्ली । चर्चित भारतीय कमेडियन कपिल शर्माको कमेडी शो छिटै नेटफ्लिक्समा आउँदैछ । द ग्रेट इन्डियन कपिल शर्माको तेस्रो संस्करण चाँडै सुरु हुने घोषणा नेटफ्लिक्सले गरेको छ ।
यस आधिकारिक घोषणाको समयमा कपिल शर्मा शोको सबै टोली स्टेजमा उपस्थित थिए । कपिलको साथमा अर्चना पूरन सिंह, किकु शारदा, कृष्ण अभिषेक र सुनील ग्रोवर पनि स्टेजमा देखिएका थिए । यस्तोमा कपिलले सुनील ग्रोवरसँगको आफ्नो पुरानो झगडामा तगडा जोक सुनाएका थिए ।
‘अब सिजन ३ आउँदैछ, तपाईँ फ्यानहरूका लागि के नयाँ ल्याउँदै हुनुहुन्छ ?’ तेस्रो सिजनको घोषणापछि मनिष पालले कपिललाई सोधेका थिए, त्यसको जवाफमा कपिलले शोको तेस्रो सिजन आउन लागेको यो आफूहरूको लागि केवल अर्को एपिसोड भएको बताएका थिए । आफूहरू दुई सय एपिसोडको सिजन गर्ने बानी परेको र झगडा नहुँदासम्म शो बन्द नहुने उनले हाँस्दै भनेका थिए ।
यसो भन्दै कपिलले आफ्नो छेउमा उभिरहेका सुनिल ग्रोभरलाई इशारा गरेका थिए । उनको यस्तो अभिव्यक्ति सुनेर सबैजना अनियन्त्रित भएर हाँसेका थिए । नयाँ सिजनको कुरा नेटफ्लिक्सको लागि मात्रै भएको तर आफूहरूले वर्षभरि सेट खुला राख्न भनेको पनि उनले बताए । मानिसहरूले कोल्डप्ले कन्सर्टका लागि टिकट बुक गरिरहेका तर कोल्डप्लेका मान्छेहरूले आफूहरूलाई मेल पठाएर शोमा आउन चाहेको बताइरहेको भन्दा विश्वास नलाग्ला भनेर पनि कपिलले भनेका थिए ।
‘हामी तपाईंहरूलाई बोलाउँथ्यौँ तर हाम्रो कार्यक्रम अहिले चलिरहेको छैन । त्यसैले नेटफ्लिक्सलाई मेरो अनुरोध छ कि कृपया यसलाई चल्न दिनुस्,’ कपिलले भनेका थिए । केही वर्षअघि कपिलसँगको झगडापछि सुनिल ग्रोभरले कपिलको शो छाडेका थिए । त्यसपछि कपिल शोको टीआरपी ह्वात्तै घट्दा कपिलले शोमा दर्शक तान्न अनेक तिकडम गर्नु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म कुलमानविरुद्ध हैन, अन्यायविरुद्ध अदालत गएको थिएँ : हितेन्द्रदेव शाक्य
-
धरौटीमा छुटेपछि रविले भने– यो परिवर्तन जन्मिने बेलाको पिडा हो, परिवर्तन जन्मिएरै छोड्छौँ
-
एलओडी क्लब छैटौँ वर्षमा, ६ दिन नै कलाकारहरूको प्रस्तुति
-
प्रचण्डको सम्बोधन : ओलीको आलोचना, देउवालाई ढाडस, साना दललाई सान्त्वना
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
-
वर्षमान पुनको माग देउवाको गृह जिल्लामा पुल बनाइदिनुहाेस्