बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

चन्द्रमाको ढुंगा पृथ्वीमा ल्याउन २०२७ मा चन्द्रयान–४ लन्च गर्दै भारत

बिहीबार, २४ माघ २०८१, १५ : ५६
बिहीबार, २४ माघ २०८१

नयाँ दिल्ली । भारतले चन्द्रयान–४ प्रक्षेपण गर्ने तयारी गरिरहेको छ । चन्द्रयान मिसन ४ सन् २०२७ मा प्रक्षेपण गरिने विज्ञान तथा प्रविधि मन्त्री जितेन्द्र सिंहले बताए  । 

यस मिसनमा चन्द्रमाका चट्टानका नमुनाहरू पृथ्वीमा ल्याइनेछ । चन्द्रयान–४ मा उच्च क्षमताका एलवीएम २ रकेटको अलग अलग प्रक्षेपण गरिने र पाँच फरक फरक कम्पोनेन्ट बोकेर यिनीहरू कक्षामा लगिनेछ बताइएको छ । यी दुवै पृथ्वीको कक्षमा भेला हुनेछन् । 

चन्द्रयान ४ मिसनको उद्देश्य चन्द्रमाको सतहबाट नमुनाहरू सङ्कलन गर्नु र पृथ्वीमा फिर्ता ल्याउनु भएको केन्द्रीय मन्त्रीले सिंहले बताए । गगनयान मिसन अर्को वर्ष सुरु हुने पनि उनले बताए । यसमा भारतीय अन्तरिक्ष यात्रीहरूलाई विशेष सवारी साधनमा अन्तरिक्षमा पृथ्वीको तल्लो कक्षमा पठाइनेछ र उनीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा फिर्ता ल्याइनेछ ।

 २०२६ मा भारत समुद्र यान पनि प्रक्षेपण गरिने पनि उनले बताए । यसमा तीन वैज्ञानिकहरू समुद्रको सतह खोज्न पनडुब्बीमा चढेर छ हजार मिटरको गहिराइमा जाने बताइएको छ ।

 यो उपलब्धिले गगनयान अन्तरिक्ष अभियानसहित भारतको ऐतिहासिक अभियानहरूको समय रेखा निर्धारण गर्ने सिंहको भनाइ छ । प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको आफ्नो भाषणमा समुद्र यान मिसनबारे कुरा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप