अमेरिकाले अवैध आप्रवासीलाई फिर्ता पठाएकोबारे जयशंकरले के भने ?

नयाँ दिल्ली । अमेरिकामा अवैध रूपमा बस्दै आएका आप्रवासीहरूलाई भारत डिपोर्ट गरिएको मामिलामा यतिबेला भारतको संदनमा हंगामा भइरहेको छ । आप्रवासीहरूलाई अपराधीको व्यवहार गरेर हात खुट्टामा हथकडी र नेल लगाएर ल्याइएको थियो ।
यस विषयमा अन्ततः भारतका विदेशमन्त्री एस जयशंकर बोलेका छन् । वैध कागजात बिना अमेरिकामा बसोबास गर्ने भारतीय आप्रवासीहरूलाई फिर्ता पठाएको विषयमा उनले आफ्नो धारणा बाहिर ल्याएका हुन् ।
‘आफ्ना देशका नागरिकहरू विदेशमा अवैध रूपमा बसिरहेका छन् भने उनीहरूलाई फिर्ता ल्याउनु सबै देशहरूको जिम्मेवारी हो,’ उनले भने । ‘यो तब मात्र सम्भव हुन्छ जब उनीहरूको नागरिकता स्पष्ट रूपमा पुष्टि हुन्छ । यो कुनै विशेष नीति होइन, न त यो भारतले मात्र पालना गर्ने नीति हो । यो अन्तर्राष्ट्रिय सम्बन्धमा सामान्य रूपमा स्वीकृत सिद्धान्त हो,’ उनले थपे । देश निकालाको प्रक्रिया नयाँ नभएको, धेरै वर्षदेखि यो चल्दै आएको अनि यो एउटा देशमा मात्र लागू हुने नीति नभएको पनि उनले बताए ।
अमेरिकामा कागजात नभएका भारतीयहरूलाई बोकेको अमेरिकी सैन्य विमान बुधवार अमृतसरको श्री गुरु रामदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सञ्चार माध्यमहरूले २०५ जना बोकेर विमान भारत आउन लागेको खबर छापेका थिए । तर अमृतसरमा ओर्लिएको विमानमा बालबालिकासहित १०४ जना मात्रै थिए । अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि अमेरिकामा बसोबास गर्दै आएको अवैध भारतीय आप्रवासीहरूलाई देश निकाला गरिएको यो पहिलो पटक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको शेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
-
रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ
-
धरानको पानबारीस्थित जङ्गलमा एक महिला मृत फेला, हत्या गरेको आशङ्का
-
सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर