बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

शरीरलाई आयोडिन नुन किन आवश्यक छ ?

बिहीबार, २४ माघ २०८१, १५ : ३७
बिहीबार, २४ माघ २०८१

काठमाडौँ । आयोडिन नुन शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्त्व हो । यसले थाईरोइड ग्रन्थीबाट थाईरोइड हर्मोनहरू निकाल्न मद्दत गर्दछ । 

शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्न जस्ता मुख्य कार्यमा सहयोग गर्दछ । शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

आयोडिनका फाइदाहरू

–गर्भवती महिलाले दैनिक रूपमा आयोडिन नुनको सही मात्रा ५ ग्रामभन्दा कम खाएमा जन्मेको शिशुको दिमागको विकास राम्रो हुन्छ ।

–आयोडिनको कमीबाट गर्भको बच्चा तुहिने, मृत वा अपाङ्गता भएका जस्तै: बोलाई सम्बन्धी अपाङ्गता भएका, शारीरिक अपाङ्गता भएका र सुस्तमनस्थिति भएका बच्चा जन्मिने जस्ता समस्याहरूबाट बच्न सकिन्छ ।

–बालबालिका १२ महिना भएदेखि खानामा आयोडिनयुक्त नुन खुवाएमा बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्छ । साथै बौद्धिक विकास राम्ररी भई चनाखो बन्दछ ।

–किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक क्षमतामा वृद्धि हुन्छ, जसले गर्दा पढाइका साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्दछ ।

–आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक विकास राम्ररी हुन्छ । जसले गर्दा गलगाँड तथा हाइपोथरोइडजम् जस्ता समस्याहरू हुनबाट बचाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप