बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

मेरो नेतृत्वको सरकार ढलेपछि ग्रे लिष्टमा पर्ने खतरा बढ्यो : प्रचण्ड

बिहीबार, २४ माघ २०८१, १५ : २५
बिहीबार, २४ माघ २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा अर्थतन्त्र सुधारमा काम गरेपनि नयाँ सरकार बनेपछि फेरि अर्थतन्त्र चौपट भएको बताएका छन् । 

‘परिणामस्वरुप आज देश एफ्एटीएफ्को ग्रे लिष्टमा पर्ने खतरा छ । देशको अर्थतन्त्रलाई अझ संकटतिर धकेल्ने सरकारको यो क्रियाकलापलाई सदनले रोक्नुपर्छ’, बिहीबार संसद्लाई सम्बोधन गर्दै प्रचण्डले भने ।  

उनले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै ‘स्रोतसाधनको अधिकतम लाभका पूर्वाधार होइन, भ्यूटावरहरु रोजाइ भए कसैकसैका’ भन्दै कटाक्ष समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप