सेयर बजार
११.६४ अंक घट्दै नेप्से २७०० बिन्दुमा
बिहीबार, २४ माघ २०८१, १५ : १०

काठमाडौँ । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ११.६४ अंकले घटेको छ । २७१४ बिन्दुबाट सुरु भएको कारोबार उतारचढावका बिच सामान्य अंकले घट्दा परिसूचक २७०० बिन्दुमा झरेको हो ।
आज फाइनान्स बाहेक सबै उपसमूहको सूचक घटेको छ । फाइनान्स उपसमूह भने १.५८ प्रतिशतले बढ्यो । यस उपसमूहका रहेकामध्ये १२ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज कुल १६० कम्पनीको मूल्य घट्यो । ७४ कम्पनीको बढ्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो । बिहीबार माथिल्लो लोहोरे खोला जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । त्यसैगरी उपकार लघुवित्त र कर्पोरेट डेभलप्मेन्ट बैंकको मूल्यमा १० प्रतिशतको गिरावट आयो ।
बिहीबार समग्रमा ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार चाहिँ ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई