आन्दोलनरत पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) गोमादेवी तिमिल्सिनाले पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारीहरूको यथाशीघ्र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले पशुपति क्षेत्र विकास कोषका कर्मचारी निरन्तर आन्दोलनमा भए पनि सरकार गम्भीर नभएको बताएकी हुन् । उनले अदालतले श्रमिकका पक्षमा फैसला गरेको भए पनि सरकारले चासो नलिएको बताइन् ।
उनले भनिन्, ‘लामो समयदेखि आन्दोलनमा रहेका पशुपति विकास कोषका श्रमिकहरूको बारेमा जानकारी छैन कि भनेर फेरि जानकारी गराउन खोजेको छु । ३७ जना महिला श्रमिकहरू दुई महिनादेखि आन्दोलनमा हुनुहुन्छ । उहाँहरू आन्दोलनमा लाग्न लागेको पनि दुई महिना बित्न लागेको छ । सरकारले त्यसबारेमा जानकारी नभएर हो कि चासो लिएको छैन । अध्यक्षज्यूमार्फत सरकारलाई यो अनुरोध गर्न चाहन्छु ।’
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले डडेलधुराको परशुराम नगरपालिकामा छोटीभन्सार कार्यालय स्थापना गर्न माग गरेका छन् । उनले परशुराम धाम नजिकै रहको छोटी भन्सार कार्यालय संघीयता आएसँगै खारेज भएको कारण स्थानीय प्रशासनबाट आम उपभोक्ता प्रताडित भएको बताए ।
तत्काल छोटी भन्सार कार्यालय स्थापना गर्न उनको माग थियो । उनले डडेलधुरामा परशुरामधाम समेत रहेको उल्लेख गर्दै स्थानीयको ओहोरदोहोर सजिलो बनाउन समेत माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित