संसद् बैठक
संसद्मा ढलेँ ढलेँ गीत गाउने ओलीलाई प्रचण्डले फर्काए जवाफ
शेरबहादुरजीको कान र आँखा तगडा छ
बिहीबार, २४ माघ २०८१, १४ : ५९

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा ‘ढलेँ ढलेँ..’ बोलको गीत गाउने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलका नेता प्रचण्डले बिहीबार जवाफ फर्काएका छन् । उनले सत्ता पक्षका दलहरूबिच नै विश्वास नभएको भन्दै सोही कारण ओलीले देउवालाई बारम्बार सत्ता हस्तान्तरण गर्ने भनेर भनिरहेको बताए ।
‘तपाईंहरुलाई विश्वास छ भने म यति महिनापछि शेरबहादुरजीलाई सत्ता छाड्छु, भनेको भन्दा ७ दिन अगाडि छाड्छु भनेर प्रधानमन्त्रीले भन्न पर्छ त ? साँच्चै विश्वास भएको भए ?’, प्रचण्डले भने, ‘के शेरबहादुर देउवाले सुन्नु हुन्न र ?’ शेरबहादुरजीको कान र आँखा तगडा नै भएको प्रचण्डले बताए ।
प्रचण्डले आफूले सरकार ढाल्छु भनेर कहिल्यै नभनेको बताउँदै बरु आफ्नै बोझले ढल्छचाहिँ भनेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम