‘डिपोर्टेड’ भारतीयलाई अपराधीको व्यवहारपछि प्रियंकाले उठाइन् मोदी–ट्रम्पको मित्रतामै प्रश्न
![‘डिपोर्टेड’ भारतीयलाई अपराधीको व्यवहारपछि प्रियंकाले उठाइन् मोदी–ट्रम्पको मित्रतामै प्रश्न](https://npcdn.ratopati.com/media/news/pti_4eP74ddc5A.jpg)
नयाँ दिल्ली । अमेरिकामा भएका अवैध भारतीय आप्रवासीलाई हतकडी र नेल लगाएर अमेरिकी सेनाको विमानबाट भारत ल्याइएको विषयमा भारतमा यतिबेला हंगामा भइरहेको छ । यस मामिलामा विपक्षीहरूले सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको उछितो गरिरहेका छन् ।
कांग्रेस सांसद प्रियंका गान्धी वाड्राले पनि बिहीबार अवैध आप्रवासीलाई अमेरिकाले गरेको व्यवहारको मामिलामा भारत सरकारको आलोचना गरेकी छिन् । मोदी र विदेशमन्त्री एस जयशंकरले यस विषयमा जवाफ दिनुपर्ने माग उनले गरिन् । १०४ जना अवैध भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान बुधबार अमृतसरमा अवतरण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले अवैध आप्रवासीहरू विरुद्धको कारबाही अभियानअन्तर्गत अमेरिकाबाट ‘डिपोर्ट’ गरिएको यो भारतीयहरूको पहिलो थियो ।
विमानको यात्राभरि नै हातमा हतकडी र पाउमा नेल लगाएको र अमृतसर विमानस्थलमा अवतरण गरेपछि यी सबै फुकालिएको दाबी निर्वासित आप्रवासीले गरेका थिए । तर सूचना तथा प्रसारण मन्त्रालयको प्रेस सूचना ब्यूरोले गरेको तथ्य जाँचमा यो जानकारी गलत भएको पाइयो भनिएको छ । ‘धेरै कुरा भनिएको छ कि मोदी जी र ट्रम्प जी धेरै राम्रा साथी हुन् । मोदीजीले किन यो हुन दिनुभयो, के हामी उनीहरूलाई ल्याउन हाम्रो विमान पठाउन सक्दैनौं र ?’, कांग्रेस महासचिव प्रियंका गान्धीले भनिन् । हतकडी र साङ्लोले बाँधेर फिर्ता पठाउनै पर्थ्यो र भनेर पनि उनले प्रश्न उठाएकी छिन् । यस विषयमा विदेशमन्त्रीले जवाफ दिनुपर्छ कि पर्दैन भनेर सोध्दा ‘यो के तरिका हो ?’ भन्दै उनले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताइन् ।
यस मामिलामा विपक्षी नेताहरूले हातमा हतकडी लगाएर सरकारको विरोध प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि रिहा हुने भएपछि खुसीयालीमा भाले बोकेर पुगे समर्थक (तस्बिरहरु)
-
त्रिवि सिनेट बैठक राख्न माग गर्दै तीन स्ववियु सभापतिले बुझाए ध्यानाकर्षणपत्र
-
‘तपाईंको उपचार गर्ने डाक्टर शोषित छन्’ (भिडियोसहित)
-
ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने
-
म हिरो हैन, समाजको चरित्र हो : विजय बराल
-
चौथो मुद्दामा पनि रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश