बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आलुले बनाउँछ त अनुहारलाई गोरो ?

बिहीबार, २४ माघ २०८१, १४ : ४२
बिहीबार, २४ माघ २०८१

काठमाडौँ । पछिल्लो समय मानिसहरूले सामाजिक सञ्जाल र युट्युबमा देखाइने अधिकांश कुरामा विश्वास गर्छन् । छालाको हेरचाहको कुरामा पनि अधिकांश युवायुवतीले युट्युबको मद्दत लिएको देखिन्छ । 

ट्रेन्डको कुरा गर्ने हो भने हिजोआज छालाको हेरचाहमा आलुको धेरै प्रयोग भइरहेको छ । आलुको प्रयोगले अनुहारको रंग गोरो बनाउने दाबी गरिएको छ ।  

काँचो आलुलाई पिसेर यसको रस निकालेर छालामा प्रयोग गरिन्छ । आलुको रसमा पाइने तत्त्वले अनुहारको धेरै समस्या हटाउँछ । अनुहारमा आलु लगाउँदाका फाइदाहरूबारे त हामी चर्चा गर्ने छौँ अनि आलुले साँच्चै अनुहारको रंग गोरो बनाउन सक्छ कि सक्दैन भन्ने बारे पनि कुराकानी गर्नेछौँ ।

आलुको प्रयोगले मिल्छन् यस्ता फाइदा

सबैभन्दा पहिले, अनुहारमा आलु प्रयोग गर्नुका फाइदाहरूको बारेमा कुरा गरौँ ।

–आलुमा क्याटेकोल इन्जाइम र भिटामिन सी हुन्छ, जसले छालामा निखार ल्याउन मद्दत गर्दछ ।

–यसमा एन्टिअक्सिडेन्ट हुन्छ जसले छालामा भएको चाउरीपना कम गर्छ र छालालाई प्राकृतिक टोन पनि दिन्छ ।

–आलुको रसमा पाइने स्टार्च र एन्टिअक्सिडेन्टले दागलाई हल्का बनाउन सक्छ ।

– यसले छालामा नमी कायम राख्छ र सुख्खापन हटाउँछ ।

–आँखा मुनि कालो घेरा छ भने आलुको रस प्रयोग गरेर यसलाई कम गर्न पनि सकिन्छ ।

आलुले हामीलाई साँच्चै गोरो बनाउन सक्छ ?

धेरै मानिसहरूलाई लाग्छ कि आलुको प्रयोगले अनुहार गोरो हुन्छ । तर त्यस्तो होइन । आलुले छालालाई प्रत्यक्ष रूपमा गोरो बनाउँदैन । तर यसले छालालाई सफा, दाग–रहित र चम्किलो बनाउन सक्छ । यसको प्रभाव स्थायी भने हुँदैन । तर यसको नियमित प्रयोगले अनुहारको रंग निखार्न सक्छ ।

आलु दल्ने बित्तिकै अनुहार सफा हुन्छ वा गोरो हुन्छ भन्ने अपेक्षा तपाईँको छ भने चाँहि यो सम्भव छैन । प्राकृतिक र स्वस्थ छाला चाहनुहुन्छ भने आलु राम्रो घरेलु उपचार चाँहि हुन सक्छ ।

अस्वीकरण : यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार  पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप