संसद् बैठक
आफूले सम्बोधन गर्दा ओली नआएको भन्दै प्रचण्डको आक्रोश
बिहीबार, २४ माघ २०८१, १४ : ३१
![आफूले सम्बोधन गर्दा ओली नआएको भन्दै प्रचण्डको आक्रोश](https://npcdn.ratopati.com/media/news/prachanda-samsad_1YWBkGAJvK.jpg)
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले बोल्ने समयमा प्रधानमन्त्री अनुपस्थित नभएको भन्दै आक्रोश पोखेका छन् । विपक्षी दलको नेताको हैसियतमा संसदमा संवोधन गर्दै प्रचण्डले सुरुमै ओलीलाई खोजेका हुन् ।
‘संसदीय लोकतन्त्रको परम्पराअनुसार सत्तापक्षको तर्फबाट प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्ष दलका नेताहरु उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने परम्परा छ । मैले गम्भीर रुपले नै प्रम आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ । सत्ता पक्षका सबैभन्दा ठुलो दलका नेता पनि आउनुहुन्छ होला भन्ने सोचेको थिएँ’, प्रचण्डले भने, ‘अहिलेसम्म आउनु भएको छैन । म आशा गर्छु उहाँ आउनुहुनेछ ।’
प्रचण्डले यसो भनेको केही मिनेटमा कांग्रेस सभापति शेरबहादुर देउवा भने संसदमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९८ प्रकारका औषधीबारे धेरै ठाउँबाट गुनासो आएको छ : मन्त्री पौडेल
-
नाजी सोल्यूट गर्नेलाई अष्ट्रेलियामा अनिवार्य जेल सजाय
-
‘ओई माया ओई’मा श्रीदेव र अनामिकाको प्रेमकथा
-
यूएसएड बन्द हुँदा विश्वभर कहाँकहाँ पर्छ प्रभाव ?
-
उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी
-
अध्यादेश पेस नभई सकियो राष्ट्रियसभा बैठक, आइतबार फेरि बस्ने