अध्यादेशबारे निर्णय गर्न बसेको जसपा नेपालको संसदीय दलको बैठक विनानिष्कर्ष सकियो
बिहीबार, २४ माघ २०८१, १४ : १८

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालको संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ । सरकारले ल्याएको अध्यादेशसम्बन्धमा निर्णय गर्न बिहीबार संसदीय दलको बैठक बोलाएको थियो । तर सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेश बिल पेस नगरेकोले कुनै निर्णय नगरेको एक सांसदले जानकारी दिइन् ।
‘सरकारले अध्यादेश संसदको दुवै सदनमा पेस गर्ने भनिएको थियो । यसबारे छलफल गर्न हामीले कार्यदल बनाएका थियौं । तर अध्यादेश आज दुवै सदनमा पेस नभएकाले यसविषयमा कुनै निर्णय भएन । यसबारे अब अर्को बैठकमा छलफल हुन्छ’, ती सांसदले भनिन् ।
अध्यादेशबारे छलफल गर्न नेता राजकिशोर यादवको नेतृत्वमो अध्ययन कार्यदल गठन गरेको थियो । यादवले अध्ययन प्रतिवेदन संसदीय दलका नेता उपेन्द्र यादवलाई बुझाएको छ । जसपाको समर्थनबिना अध्यादेश राष्ट्रियसभाबाट पारित हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त