कुजात भनेको के हो ? प्रचण्डलाई स्पष्ट पार्न रुलिङको माग
_NmcgEAccEL.jpg)
काठमाडौँ । एमाले सांसद ईश्वरबहादुर रिजालले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुजात भनेर दिएको अभिव्यक्तिबारे प्रस्ट पार्न सभामुखसँग रुलिङको माग गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रिजालले यस्तो माग गरेका हुन् । ‘आजभन्दा अढाई महिनाअघिको कुरा हो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक मञ्चमा कुजातहरुको सम्संर्गले हामी पनि बिग्रियौं भन्नभयो’, उनले भने, ‘त्यसपछि मैले बृहद शव्दकोष पल्टाए हेरेँ । त्यसमा तल्लो जात र अछुत भन्ने रहेछ ।’
उनले त्यसपछि आफुले संविधानमा हेर्दा कतै नभेटिएको पनि बताए । ‘फेरि मैले संविधानमा हेरेँ कुन अनुसूचिमा रहेछ भनेर । तर कतै छैन । अन्योल भयो, भ्रम भो । प्रमुख प्रतिपक्ष दलको नेतालाई यो कुजात भन्ने कहाँ छ ? उहाँलाई स्पष्ट पार्न सभामुखबाट रुलिङ होस’, रिजालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न
-
सामान्य कुरा भन्न प्रधानमन्त्री प्रदेश सभामा आइरहन पर्दैन
-
प्रदेशले गर्दै आएको गुनासोप्रति मौन रहे प्रधानमन्त्री
-
छिचिमिराहरू निस्केर उड्दैमा देवल ढल्न सक्दैन