बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

आमिरले राखेको कार्यक्रममा शाहरुख र सलमान पुग्दो जे देखियो

बिहीबार, २४ माघ २०८१, १४ : ००
बिहीबार, २४ माघ २०८१

नयाँ दिल्ली । बुधबार साँझ बलिउड अभिनेता आमिर खानका छोरा जुनैदको फिल्म लभयापाको विशेष स्क्रिनिङ थियो । यस कार्यक्रममा बलिउडका अन्य दुई खान शाहरुख र सलमान खान पनि पुगेका थिए । 

शाहरुखले आमिरलाई चुम्बन गर्दा सलमानले भने उनलाई अँगालो हालेको भिडियो देखिएको छ । शाहरुख–सलमानले आमिर र उनका छोरा जुनैदसँग तस्बिर पनि खिचाएका थिए । फिल्मको स्क्रिनिङमा अभिनेत्री जूही चावला, गायक/र्‍यापर हनी सिंह, अर्जुन कपूर र जान्हवी कपूर जस्ता सेलिब्रेटीहरू पनि देखिएका थिए ।

आमिर खानको परिवारले मुम्बईको बान्द्रामा फिल्म लभयापाको स्क्रिनिङको आयोजना गरेको थियो । बुधबार साँझ जुहुमा फिल्मको दोस्रो विशेष स्क्रिनिङ भयो । यस कार्यक्रममा फिल्मकी मुख्य अभिनेत्री खुसी कपूर उनको परिवार र नजिकका साथीहरू साथमा उपस्थित भएकी थिइन् । 

  • फेब्रुअरी ७ मा रिलिज हुँदैछ लभयापा 

जुनैद खान र खुसी कपूरको शीर्ष भूमिका रहेको लभयापा फेब्रुअरी ७ मा सिनेमाघरमा रिलिज हुँदैछ । थिएटर रिलिज हुन लागेको यो जुनैद र खुसी कपूर दुबैको पहिलो फिल्म हो । यसअघि जुनैद नेटफ्लिक्समा प्रसारित भएको फिल्म महाराजमा देखिएका थिए । खुशीले जोया अख्तरको फिल्म ‘द आर्चीज’ मार्फत अभिनयमा डेब्यू गरेकी थिइन् । यो फिल्म पनि नेटफ्लिक्समै रिलिज भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप