विजय माल्याको गुनासोः लिएको ऋण भन्दा कयौँ बढी असुली भयो
नयाँ दिल्ली । भारतीय व्यापारी विजय माल्याले आफूले बैंकसँग लिएको ऋणभन्दा कयौँ बढी रकम असुल गरिएको दाबी गरेका छन् । माल्याले कर्नाटक उच्च अदालतमा यस्तो दाबी गरेका हुन् ।
बुधबार अदालतमा बैंकहरूले आफूबाट असुल गरेको रकम आफूले लिएको ऋणभन्दा धेरै भएको दाबी उनले गरेका थिए । बैंकहरूले उनलाई ६२ अर्ब भारु ऋण दिएका थिए । तर आफूसँग त्योभन्दा बढी असुल गरिएको माल्याको भनाई छ ।
माल्याले फेब्रुअरी ३ मा कर्नाटक उच्च अदालतमा याचिका दायर गरेका थिए । यसको जवाफमा बुधबार बैंकहरूलाई सूचना जारी गरिएको थियो । न्यायाधीश आर. देवदासले बैंकहरूलाई फेब्रुअअरी १३ सम्ममा जवाफ दिन निर्देशन दिएका छन् । याचिकामा अन्तरिम राहतको रूपमा संशोधित असुली प्रमाणपत्र अन्तर्गत बैंकहरूद्वारा भविष्यमा कुनै पनि सम्पत्तिको बिक्रीमा रोक लगाउन माग गरिएको छ ।
माल्याको प्रतिनिधित्व गर्दै वरिष्ठ अधिवक्ता साजन पूवैयाले किंगफिशर एयरलाइन्स र यसको होल्डिंग कम्पनी यूबीएचएलविरुद्धको परिसमापन आदेश सर्वोच्च अदालत सहित सबै न्यायिक स्तरमा यथावत् रहेको तर्क गरेका थिए । ऋण पहिले नै असुल भइसकेको भए पनि माल्या विरुद्ध थप असुलीको कारबाही जार भएको उनको भनाइ थियो ।
के हो विषय ?
ऋण असुली न्यायाधिकरण (डीआरटी)ले मुख्य ऋणीको रूपमा किंगफिशर एयरलाइन्स र जमानतकर्ताको रूपमा यूबीएचएललाई ६२ अर्ब भारु भुक्तानी गर्न आदेश दिएको थियो पूवैयाले अदालतलाई बताए ।
‘त्यो आदेश अन्तिम रूपमा लागू भयो । तर, २०१७ देखि ६२ अर्ब भारुभन्दा कयौँ बढी रकम असुल गरिसकेको छ,’ उनले भने । स्वीकृत बयानका अनुसार, अहिलेसम्म १ खर्ब २ अर्ब भारु असुल गरिएको छ वसुलउपर गर्ने अधिकारीले बताएको पनि उनले भनेका छन् ।
यसबाहेक, आधिकारिक लिक्विडेटरले बैंकहरूले आफ्नो बक्यौता असुल गरेको बताएको र अर्थमन्त्रीले पनि संसदलाई १ खर्ब ४० अर्ब भारु असुल भएको जानकारी दिएको पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपसिकले प्रयोगकर्ताको डेटा चीन सरकार र सेनालाई पठाइरहेको छ : अमेरिका
-
अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति कै अवमूल्यन : गृहमन्त्री लेखक
-
९८ प्रकारका औषधीबारे धेरै ठाउँबाट गुनासो आएको छ : मन्त्री पौडेल
-
नाजी सोल्यूट गर्नेलाई अष्ट्रेलियामा अनिवार्य जेल सजाय
-
‘ओई माया ओई’मा श्रीदेव र अनामिकाको प्रेमकथा
-
यूएसएड बन्द हुँदा विश्वभर कहाँकहाँ पर्छ प्रभाव ?