डीपसिक लगायतलाई टक्कर दिन गुगलले ल्यायो फ्ल्यागशिप एआई मोडल
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले आफ्ना प्रयोगकर्ताका लागि तर्क गर्न सक्ने एआई मोडल लन्च गरेको छ । कम्पनीले भर्खरै जेमिनी २.० फ्ल्यास थिंकिङ मोडेल र जेमिनी २.० प्रो एक्सपेरिमेन्टल ल्याएको छ । कम्पनीले जेमिनी २.० फ्ल्यास थिंकिङ मोडेललाई यसरी प्रशिक्षित गरिएको छ कि यसले विविध चरणमा ‘प्रम्प्ट’लाई टुक्राएर अझ सटीक उत्तरहरू दिन्छ । यसले सोच प्रक्रिया पनि देखाउँछ । जसले गर्दा प्रयोगकर्ताहरूलाई किन यसले यही तरिकाले जवाफ दियो, यसको अनुमानहरू के के थिए र यसको तार्किक शृङ्खला कस्तो थियो भनेर बुझ्न सहज हुन्छ ।
पछिल्लो समय बजारमा एक पछि अर्को गर्दै एआई मोडलहरू लन्च भइरहेको समयमा गुगलले पनि एआई मोडल ल्याएको हो । गएको हप्ता ओपनएआईले रिजनिङ सिरिज अन्तर्गत ०३ र ०३ मिनी मोडलहरू बजारमा ल्याएको थियो । तर, गुगल यस दौडमा अलि ढिलो प्रवेश गरेको छ । जेमिनी २.० फ्ल्याश थिङ्किङ अहिले विश्वको उत्कृष्ट एआई मोडल भएको गुगलको दाबी छ । आजदेखि यी दुबै मोडल डेस्कटप र मोबाइलमा ड्रपडाउन अप्सनमा उपलब्ध छन् ।
कम्पनीले विशेष गरी ओपनएआईको ०१ र डीपसिकको आर१ जस्ता परिष्कृत एआई प्रणालीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने गरी यसको डिजाइन गरेको भनिएको छ । गुगलको २.० फ्ल्यास थिंकिङ एक्सपेरिमेन्टल विथ एप्सले तर्क त गर्छ नै युट्युब, गुगल सर्च र गुगल म्याप्स जस्ता सेवाहरूसँग पनि अन्तरक्रिया गर्न सक्छ । यी एकीकरणहरू मार्फत, गुगलले प्रयोगकर्ताहरूलाई थप गतिशील र व्यक्तिगत अनुभव पाउने बताइएको छ । यी दुवै मोडेलहरू अब वेब र मोबाइल प्लेटफर्महरूमा सबै जेमिनी प्रयोगकर्ताहरूका लागि उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्रले नमान्दा सरकारलाई सकस
-
नेहा र सत्यन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति हुन्छ : गृहमन्त्री लेखक
-
अवैध आप्रवासीलाई फिर्ता पठाइएकोबारे जयशंकरले भने–केही नयाँ होइन
-
चन्द्रमाको ढुंगा पृथ्वीमा ल्याउन २०२७ मा चन्द्रयान–४ लन्च गर्दै भारत
-
एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद : प्रचण्ड
-
अमेरिकाले अवैध आप्रवासीलाई फिर्ता पठाएकोबारे जयशंकरले के भने ?