चार जना मृत फेला
बिहीबार, २४ माघ २०८१, १३ : १४

काठमाडौँ । बाँकेसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- बाँके, नेपालगंज उपमहानगरपालिका-१९ भैयापुरस्थित राझा देखि आलानगर जाने सडक नजिकैको पेटीमा मुगु खत्याड गाउँपालिका-११ बस्ने २८ वर्षीय विक्रम शाही बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- संखुवासभा, चिचिला गाउँपालिका-१ डाँडा गाउँ बस्ने ३७ वर्षीय तेज बहादुर गुरुङ सोही ठाउँस्थित सडक छेउमा गए राति मृत अवस्थामा फेला परेका छन् ।
- सुनसरी, बर्जु गाउँपालिका-४ हस्नपुरस्थित बेलाहाबाट साहेबगंज जाने सडक छेउमा सोही ठाउँ बस्ने २८ वर्षीय रूपेश कुमार चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, गोदावरी नगरपालिका-८ श्रीपुरस्थित परालको कुनिउ मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।