विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई कांग्रेसको आग्रह
![विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई कांग्रेसको आग्रह](https://npcdn.ratopati.com/media/news/congress-sansadiyadal4_DFuTgCAaUb.jpg)
काठमाडौँ । नेपाली कांग्रेसले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई आग्रह गरेको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बिहीबार बसेको कांग्रेस संसदीय दल बैठकले संघीय व्यवस्थालाई सुदृढ पार्न धेरै कानून बनाउन बाँकी रहेको अवस्थामा संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । बैठकले संसदमा विचाराधीन रहेका विधेयकहरू आउँदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।
त्यस्तै आर्थिक तथा व्यवसायीक वातावरण सुधार तथा लगानी अभिवृद्धि, सुशासन प्रवर्द्धन लगायत सम्बन्धी अध्यादेशलाई समर्थन गर्ने निर्णय गरिएको प्रमुख सचेतक घिमिरेले बताए । उनले राष्ट्रको आवश्यकताका आधारमा अध्यादेश ल्याइएको भन्दै जसपा नेपालले समर्थन गरेको उल्लेख गरे ।
त्यस्तै बैठकले जनता आवाजहरूलाई अधिकतम रूपमा सदनमा राख्न र संसदको प्रभावकारीताका गम्भीर भएर लाग्न सांसदहरूलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक पेस
-
त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृंखला : नाटकीय खेलमा नेदरल्यान्ड्स विजयी, थाइल्यान्डलाई एक विकेटले हरायो
-
क–कसले गरे रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस ?
-
‘लोकतन्त्रको सर्भिसिङ र सुशासन सुरु गर्छौँ, भत्काउँछौँ राजनीतिको गठजोड’
-
गाजाबाट प्यालेष्टिनीहरूको स्थानान्तरण अस्थायी मात्रै हुन्छ : अमेरिकी विदेशमन्त्री
-
सरकारलाई प्रचण्डको प्रश्न : भ्रष्टाचार काण्डहरुको छानबिन कहाँ पुग्यो ?