करेन्ट लागेर दुई जनाको मृत्यु
बिहीबार, २४ माघ २०८१, १३ : १०
![करेन्ट लागेर दुई जनाको मृत्यु](https://npcdn.ratopati.com/media/news/electric-shock-electrocuted-current_cI1ksv3lD9.jpg)
काठमाडौँ । रुपन्देही र धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
रूपन्देहीको मर्चवारी गाउँपालिका-३ मधुबनिया बस्ने ४६ वर्षीय विनोद यादवको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित तरकारी बारीमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषाको शहीदनगर नगरपालिका-२ चोराकोयलपुर बस्ने ३८ वर्षीय मनोज चोरवारको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गोदावरी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झगडा नपर्दासम्म हाम्रो शो बन्द हुन्न : कपिल शर्मा
-
ईसेवा मनि ट्रान्सफरले ल्यायो भ्यालेन्टाइन अफर
-
उपेन्द्रले नमान्दा सरकारलाई सकस
-
नेहा र सत्यन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति हुन्छ : गृहमन्त्री लेखक
-
अवैध आप्रवासीलाई फिर्ता पठाइएकोबारे जयशंकरले भने–केही नयाँ होइन
-
चन्द्रमाको ढुंगा पृथ्वीमा ल्याउन २०२७ मा चन्द्रयान–४ लन्च गर्दै भारत