आइभीएफ प्रविधिद्वारा अष्ट्रेलियाले बनायो कंगारुको भ्रुण
क्यानबेर्रा । अष्ट्रेलियाका वैज्ञानिकहरूले इन भिट्रो फर्टिलाइजेशन अर्थात् आईभीएफ प्रविधिको प्रयोग गरेर पहिलो पटक कंगारुको भ्रुण विकास गरेका छन् । यसले लोपोन्मुख जीवजन्तु बचाउन मद्दत गर्ने आशा बढाएको छ ।
अनुसन्धाताहरूले पूर्वी खैरो कंगारुको विर्यलाई सिंगल स्पर्म सेलमा राखेर निषेचन गराएका थिए । तर यस पद्दतिबाट कंगारुको बच्चा नै जन्माउन भने थप काम गर्नुपर्ने र यसका लागि प्रविधि अझ परिस्कृत बनाउन जरुरी भएको वैज्ञानिकहरूले बताएका छन् ।
यस पद्दतिले कोआला, तास्मानिया डेभिलजस्ता लोपोन्मुख दुर्लभ प्रजातिको जेनेटिक डाइभर्सिटी सुधार्ने पहलमा मद्दत गर्नसक्ने यस अध्ययनका प्रमुख अनुसन्धाता एन्ड्रेस गाम्बिनीले बताए । अध्ययनमा क्विन्सल्यान्ड विश्वविद्यालयले ल्याबमा कंगारुको अन्डा र वीर्यको वृद्धि विकास हेरेका थिए ।
यसअघि सन् २०१८ मा आईभीएफ पद्दतिको प्रयोग गरेर विश्वमै पहिलो पटक गधाको भ्रुण विकास गरिएको थियो । गएको वर्ष वैज्ञानिकहरूले आईभीएफ पद्दतिबाट गैँडामा गर्भधारण गराएका थिए । पछिल्लो समय आईभीएफलाई विश्वभर लोकोपन्मुख प्रजाति जोगाउने साधनको रुपमा प्रयोग गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो नेतृत्वको सरकार ढलेपछि ग्रे लिष्टमा पर्ने खतरा बढ्यो : प्रचण्ड
-
रवि लामिछानेको बहस सकियो, आजै आदेश आउने
-
प्रधानमन्त्रीले बोल्दा पनि जनता हाँस्न थाले : प्रचण्ड
-
‘सरकारसँग जनता दुखी र बिचौलिया र स्वार्थ समूहहरू खुसी !’
-
मोही किसानद्वारा सिठी फुकेर विरोध प्रदर्शन, तस्बिरहरू
-
सरकारले रवि लामिछानेलाई सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडायो : प्रचण्ड