‘जेन–जी’ को बुझिनसक्नु राजनीति
हामी सेलिब्रिटीहरूको युगमा बाचिरहेका छौँ । अमेरिकाको भूतपूर्व साथै हालका राष्ट्रपति पनि एक दशकभन्दा लामो समय ‘रियलिटी टिभी स्टार’ का रूपमा रहिसकेका मानिस हुन् । टेलर स्विफ्टले भर्खरै मात्र इतिहासकै सबैभन्दा भव्य तथा आर्थिक रूपमा पनि अत्यधिक सफल पप संगीतको विश्वव्यापी ‘टुर’ सकाएकी छन् । सेलिब्रिटीहरू आम मनोरञ्जन क्षेत्रको मियो भएका छन् ।
हरकोही सेलिब्रिटीका कुरा गरिरहेका छन् । जोसुकैलाई सोध्नुस्, यो बिदाको समयमा या त ऊ एरियाना ग्रान्डेको कार्यक्रममा जान खोजिरहेको हुन्छ वा ग्ल्याडिएटर–२ हेर्ने सोचाइमा हुन्छ । वा यस्तै यस्तै केही सोचिरहेको हुन्छ । हाम्रा कुराकानी पनि यस्तै आकर्षक र चर्चित भनिएकाहरूकै वरपर घुमिरहेका हुन्छन् ।
यस्तो अवस्थामा हामीले परम्परागत आम सेलिब्रिटीको जमाना सकिँदैछ भन्यौँ भने यो अमिल्दो सुनिन्छ । तर, हामी पुरानो शैली छोड्दै मात्रै छैनौँ, नयाँ अन्योलको समयतर्फ जाँदैछौँ । नयाँ पुस्ता पहिलेको समयजस्तो अन्धो प्रशंसा गर्नुको सट्टा बरु अविश्वास र शंका गर्नेमा धेरै ढल्केका छन् ।
यस्तो परिवर्तनको अगुवाइ खासगरी अहिलेको सबैभन्दा कान्छो पुस्ता अर्थात् ‘जेनेरेसन–जी’ ले गरिरहेको छ । यसमा ४० वर्ष उमेरमुनिको पुस्ता पनि उल्लेख्य रूपमा संलग्न छ । गत समयको एकल–संस्कृति धराशायी हुँदै गएको समयमा देखापरेको जेन–जी सम्भवतः सबैभन्दा कम बुझिएको पुस्ता हो ।
यी नयाँ पुस्ताका धेरैलाई कुनै समय दबदबा कायम गरेका केबल टेलिभिजनबारे थाहै छैन । ज्यादै रुचाइएका जुलिया रोबर्टस वा ब्राड पिटजस्ता कलाकारको तहल्काबारे पनि थाहा छैन । त्यति मात्रै होइन, कुनै समय असाध्यै वाहवाही पाएका स्टिभ जब्सजस्ता प्रविधि क्षेत्रका महारथिबारे पनि थाहा छैन ।
मूलधारका सञ्चारमाध्यमहरू पनि पछिल्लो पाँच वर्षमा जेन–जीबारे अन्तर्विरोधी भाष्यमै रुमल्लिन पुगे । उनीहरू कहिले यो पुस्तालाई अति उदार देख्थे त कहिले लोकतन्त्र जोगाउन डेमोक्र्याटलाई मत दिने देख्थे । कसै–कसैले त इन्टरनेटको हल्लाले विषाक्त भएको उग्र दक्षिणपन्थी भीडका रूपमा पनि देख्थे । कसैले चाहिँ पोडकास्ट उपयोगकर्ता किशोर पुस्ताले व्यापक रूपमा डोनाल्ड ट्रम्पलाई मतदान गरेको ठाने ।
आममानिस इन्टरनेटमा देखा पर्ने धनी र चर्चित व्यक्तिहरूबाट ग्रसित छन् । राजनीतिक रूपमा उनीहरू नेताहरूप्रति सशंकित छन् । ठ्याक्कै के गर्ने भनेर भन्न सक्ने जोकोहीलाई उनीहरू शंका गर्छन् ।
हरेक पुस्ताको कुरा जटिल नै हुन्छ । त्यसैगरी यो पुस्ताको वास्तविकता पनि चर्चा गरेजति सरल छैन । वेबी वुमर भनिने पुस्ताका पनि सबैप्रति–संस्कृतिवाला विद्रोही थिएनन् । अझ जेन–जी तथा पछिल्लो समयका किशोर–किशोरीबारे आजको जस्तो खण्डित संस्कृतिको अवस्थामा परिभाषित गर्न धेरै अप्ठेरो छ । कुनै समय थियो, मानिस टेलिभिजनमा आउने ‘सेनफिल्ड’ वा ‘फ्रेन्डस’ जस्ता कार्यक्रम हेर्न मरिहत्ते गर्थे ।
मध्यरातमा आउने ‘द डेली शो’ जस्ता कार्यक्रम हेरेर आफ्नो राजनीतिक धारणा बनाँउथे । आजका दिनमा एमएसएनबीसी तथा सीएनएनजस्ता टेलिभिजन सञ्जालले आफ्ना नियमित दर्शक गुमाउँदै छन् । हलिउडले पनि अब पहिलेजस्तो आफ्नो प्रभावशाली सांस्कृतिक दबदबा राख्दैन ।
यसो हुनुको आंशिक कारण संस्कृतिको केन्द्र हराउँदै जानु पनि हो । यस्तो केन्द्र व्यापक रूपमा कमजोर हुँदै गएको छ । टिकटकजस्ता नयाँ प्लेटफर्ममा चर्चित सेलिब्रिटीहरू आफ्नो प्रसिद्धिमा ह्रास आएको अनुभव गरिरहेका छन् । हालसालै भाइरल भएको एक ट्रेन्डअनुसार टिकटकका प्रयोगकर्ताहरू आफ्नो शक्ति देखाउँदै स्थापित सेलिब्रिटी तथा इन्फ्लुएन्सरलाई सक्रियतासाथ बहिष्कार आह्वान गरिरहेका छन् ।
यसको पहिलो निशाना सामाजिक सञ्जालमा अत्यधिक फलोअर भएका गायक तथा नृत्य कलाकार जोजो सिवा हुन् पुगेकी छन् । उनका केही भिडियोहरूमा आउने ‘लाइक’ ठुलो मात्रामा घटेका छन् । यसले सिवालाई धेरै फरक त पार्दैन यद्यपि, यो ट्रेन्ड ध्यान दिनुपर्ने खालको छ । पाँच वर्षअघि यस्तो सोच्न पनि सकिन्नथ्यो । यो विषय अबको दिनमा सोचनीय भइसकेको छ ।
अबको दिनमा कोही पनि ठुलो सामाजिक आदर्शका रूपमा अगाडि आउँछ भने त्यो कुनै गायक वा नृत्यकार हुने छैन । कम्तीमा अहिलेको युवाले यसरी नै सोचिरहेको छ ।
लेखक मो डिग्स यसलाई ‘व्यक्तित्वको थकान’ अर्थात् ‘पर्सनालिटी एक्जसन’ भन्छन् । उनका अनुसार आममानिस इन्टरनेटमा देखापर्ने धनी र चर्चित व्यक्तिहरूबाट ग्रसित छन् । राजनीतिक रूपमा उनीहरू नेताहरूप्रति सशंकित छन् । उनीहरूलाई ठ्याक्कै के गर्ने भनेर भन्न सक्ने जोकोहीलाई शंका गर्छन् । टेलर स्विफ्ट र वियोन्से आज पनि उत्तिकै लोकप्रिय त छन् तर, उनीहरूले आफूप्रतिको उत्साहजनक समर्थनका बाबजुद पनि आम युवा मतदातालाई कमला ह्यारिसको पक्षमा उभ्याउन सकेनन् ।
वाम झुकाव राख्ने जेन–जी मतदाताहरू पनि गाजामा इजरायलको व्यवहारविरुद्ध प्रस्ट अडान नलिने सेलिब्रिटीसँग रिसाएका थिए । विभिन्न खाले सम्भ्रान्तप्रतिको यो आक्रोश आज पनि कायमै छ । यो सांस्कृतिक शून्यता भर्न आइपुग्छन् २६ वर्षे लुइगी म्यान्गिओन । जो ठुला एन्टि–इन्फ्लुएन्सर मानिन्छन् । युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत ब्रायन थम्सनको हत्या आरोपित म्यान्गिओनका फलोअरको संख्या अभूतपूर्व रूपमा धेरै छ ।
सन् २०२३ मा १०.२ मिलियन डलर कमाएका थम्सनको कथित हत्या शुरुमा राजनीतिक रूपमा मानिएको भए पनि यसले राजनीतिक विभाजनको सीमा नाघ्यो । बेन शापिरो र म्याट वाल्शजस्ता दक्षिणपन्थी भनिएका व्यक्तिले म्यान्गिओन हत्याको भर्त्सना गरे । यस्ता टिप्पणीमा अत्यधिक मात्रामा गालीगलौज तथा स्वास्थ्य सेवा उद्योगविरुद्ध विषवमन देखिन्छ । हुँदाहुँदा उनीहरूले त्यो हत्याको समर्थनमा समेत खुलेरै लेखेको भेटिन्थ्यो ।
थम्सन हत्याको निन्दा गर्ने प्रायः उदारवादीप्रतिको प्रतिक्रिया पनि धेरै राम्रो देखिँदैन । जबकि, मिडिया र राजनीतिक संस्थापन एकजुट भएर म्यान्गिओनले गरेको हत्याको विरोध गर्नुका साथै हत्यारालाई राम्रो देखाइएको तथा अमेरिकाको प्रतिष्ठित आइभी लिग शैक्षिक संस्थालाई देवत्वकरण गरिएकोमा एकजुट भएका छन् ।
तर, अनलाइन प्रयोगकर्ताले नितान्त फरक महसुस गरेको देखिन्छ । अनलाइन व्यापार वेबसाइट अमेजनमा लुइगीको थिममा भएका वस्तुको व्यापार ज्यादै बढेको छ । धेरैले म्यान्गिओनको अनुहार भएका समर्पित मैनबत्तीहरू खरिद गरेका छन् । यी सबै दृश्यले म्यान्गिओनको बढ्दो नयाँ शैलीको समर्थन झल्काउँछ ।
अबको दशकको सबैभन्दा ठुलो द्वन्द्व वामपन्थी वा दक्षिणपन्थीबिच भन्दा अरू नै विषयमा हुन सक्छ । यस्तो द्वन्द्व हाल कायम संस्थाहरूलाई खुलेर अस्वीकार गर्नेहरू र नयाँ व्यवस्था सिर्जना गर्न चाहनेबिच हुन सक्छ ।
यसको सन्देश प्रस्ट छ– अबको दिनमा कोही पनि ठुलो सामाजिक आदर्शका रूपमा अगाडि आउँछ भने त्यो कुनै गायक वा नृत्यकार हुने छैन । कम्तीमा अहिलेको युवाले यसरी नै सोचिरहेको छ । विद्यमान संस्थाहरूसँगको निराशा बढ्दै जाँदा उनीहरूले लुइगी मिमजस्ता कुराहरू सेयर गर्न बन्द गर्दैनन् । अबको दिनमा राष्ट्रपति ट्रम्प पनि यस्तो प्रवृत्तिबाट अछुतो रहने छैनन् ।
यस्तै हो भने अबको दशकको सबैभन्दा ठुलो द्वन्द्व वामपन्थी वा दक्षिणपन्थीबिच भन्दा पनि अरू विषयमा हुन सक्छ । यस्तो द्वन्द्व हाल कायम रहेका संस्थाहरूलाई खुलेर अस्वीकार गर्नेहरू र नयाँ व्यवस्था सिर्जना गर्न चाहनेहरूबिच हुन सक्छ । म्यान्गिओनको देवत्वकरणले व्यक्तिगत रूपमा उनीबारे चिन्तन प्रणालीतर्फ मात्रै इंगित गर्दैन, बरु यसले वर्तमान समाज कता जाँदैछ त्यो भन्छ । त्यसैले अब समाजमा तिक्तता घट्नुको सट्टा थप बढ्दै जाने देखिन्छ ।
(द गार्जियनबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा