आठसय मिटर दौडमा विकास र राज्यलक्ष्मी च्याम्पियन
काठमाडौँ । पोखरामा जारी विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन बिहीबार भएको महिला तथा पुरुष आठ सय मिटर दौडमा त्रिभुवन विश्वविद्यालयका खेलाडी पहिलो भएका छन् ।
आठ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन विश्वविद्यालयका विकास घिमिरे र महिलातर्फ पनि त्रिभुवन विश्वविद्यालयकै राज्यलक्ष्मी रावल प्रथम भएका हुन् । विकासले निर्धारित दूरी दुई मिनेट १०ः ११ सेकेन्डमा पुरा गरे । महिलातर्फ राज्यलक्ष्मिले निर्धारित दूरी दुई मिनेट ३५ः ३४ सेकेन्डमा पार गरिन् ।
पुरुषतर्फ मध्यपश्चिमान्चल विश्वविद्यालयका भरत राना दोस्रो र सुदूरपश्चिमान्चल विश्व विद्यालयका निपूर्ण चन्द तेस्रो भए । महिलातर्फ मध्यपश्चिमान्चल विश्वविद्यालयकी हिमाली शाही दोस्रो र गण्डकी विश्वविद्यालयकी कृति गिरी तेस्रो भए ।
यसैगरी, महिला लंङ्जम्पमा त्रिभुवन विश्वविद्यालयकी संचिता घिमिरे पहिलो भइन् । उक्त स्पर्धामा मध्यपश्चिमान्चल विश्वविद्यालयकी हिमाली शाही र त्रिभुवन विश्वविद्यालयकी विना थापा तेस्रो भए ।
पुरुष दुई सय मिटर दौडमा सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट प्रथम, त्रिभुवन विश्वविद्यालयका प्रकाश जोशी द्धितीय र काठमाडौँ विश्वविद्यालयका विकासकुमार शाह तृतीय भए ।
यसैगरी महिला दुई सय मिटर दौडमा त्रिभुवन विश्वविद्यालयका विना थारु प्रथम र आकृती चौधरी द्धितीय भए भने लुम्विनी विश्वविद्यालयकी मनिषा कुँवर क्षेत्री तृतीय भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार निरङ्कुश सोचमा अघि बढिरहेको छ : प्रचण्ड
-
प्रचण्डको सरकारलाई प्रश्न– सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?
-
आलुले बनाउँछ त अनुहारलाई गोरो ?
-
संसदमा विपक्षी दलका नेता प्रचण्डको सम्बोधन
-
आफूले सम्बोधन गर्दा ओली नआएको भन्दै प्रचण्डको आक्रोश
-
कांग्रेस जिल्ला सभापतिहरूको भेला– ओलीको अभिव्यक्तिमा आपत्ति, राज्य पुनर्संरचनाको माग