म्याग्दे गाउँपालिकाले प्रदेश पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता गर्ने
पोखरा । तनहुँको म्याग्देमा प्रदेशभित्रको पालिकास्तरीय अध्यक्षकप फुटबल प्रतियोगिता गर्ने भएको छ । म्याग्दे गाउँपालिकाले फागुन १३ गतेदेखि २२ गतेसम्म फुटबल आयोजना गर्न लागेको हो । प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पुरस्कार पाउने छन् । यस्तै सेमिफाइनल पुग्ने २ टिमलाई १५ हजारका दरले पुरस्कार दिइनेछ ।
उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्ता, मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । सोही अवसरमा जिल्लास्तरीय व्याडमिण्टन र वडास्तरीय भलिबल प्रतियोगिता समेत हुने अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । व्याडमिण्टन प्रतियोगितामा पहिलो हुनेले ५० हजार र दोस्रो हुनेले ३० हजार पुरस्कार पाउनेछन् ।
फागुन १६ र १७ गते हुने प्रतियोगिता अन्तर्गत सेमिफाइनल पुग्ने २ टिमले १० पाउने छन् । म्याग्दे गाउँपालिका वडास्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुबैतर्फ विजेताले ८० हजार र उपविजताले ५० हजार पाउने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि पालिकाले २० लाख विनियोजन गरेको छ ।
पालिकाले पोखरामा पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी गराएको हो । 'प्रदेशभरीका खेलाडी सहभागी होउन् भनेर प्रचार गरिएको हो,' अध्यक्ष श्रेष्ठ भन्छन्, 'प्रतियोगिताले स्थानीय र राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने विश्वास छ ।' फुटबल म्याग्दे ५ छाङ पाटनको खेल मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगनको प्रश्न : जाजरकोट भूकम्प र असोजको बाढी पछिको पुनर्निर्माणमा सरकारले श्रोत कसरी जुटाउँछ ?
-
बादलले भने– माओवादीको जनयुद्ध हिंसा हो
-
अध्यादेशबारे निर्णय गर्न बसेको जसपा नेपालको संसदीय दलको बैठक विनानिष्कर्ष सकियो
-
कुजात भनेको के हो ? प्रचण्डलाई स्पष्ट पार्न रुलिङको माग
-
सामाजिक सञ्जाल विधेयकमा युवाको आवाज सुनोस् : सुमना श्रेष्ठ
-
आमिरले राखेको कार्यक्रममा शाहरुख र सलमान पुग्दो जे देखियो