बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

अमेरिकाले आफ्ना नागरिक फिर्ता पठाएको विषयमा भारतको संसद्मा हंगामा

बिहीबार, २४ माघ २०८१, १२ : ०५
बिहीबार, २४ माघ २०८१

नयाँ दिल्ली । अमेरिकाबाट अवैध भारतीय नागरिकहरूलाई फिर्ता पठाएको विषयमा बजेट सत्रको पाँचौँ दिन भारतको संसद्मा हंगामा भएको छ । बिहान स्थानीय समयअनुसार ११ बजे बैठक सुरु हुने बित्तिकै विपक्षी दलहरूले यस विषयमा चर्चा गर्न माग गरे ।

उनीहरूले ‘सरकार लाज मान’ जस्ता नारा नै लगाए । यसबारे लोकसभाका सभामुख ओम बिरलाले भने, ‘तपाईँहरूको चिन्ताबारे सरकार सचेत छ । यो विदेश नीतिको मुद्दा हो ।’

उता, राज्यसभामा पनि हंगामा भएको थियो । त्यसपछि दुवै सदनको कारबाही १२ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

लोकसभामा कांग्रेस सांसद मणिकम टेगोरले अमेरिकाले भारतीय नागरिकहरूलाई डिपोर्टेसन गरेको विषयमा चर्चा गर्न स्थगन नोटिस दिएका थिए । उनले भने, ‘अमेरिकाले १ सयभन्दा बढी भारतीयलाई फिर्ता पठाएकोमा पूरै देश हैरान छ । यो मानव अधिकारको उल्लंघन हो । सरकार किन मौन छ ? यो अमानवीय व्यवहारको किन निन्दा गर्दैन ?;

संसद्को बजेट सत्र शुक्रबारदेखि सुरु भएको हो । पहिलो सत्र ३१ जनवरीदेखि १३ फेब्रुअरीसम्म र दोस्रो सत्र १० मार्चदेखि १४ अप्रिलसम्म चल्नेछ ।

बुधबार दिल्ली विधानसभा चुनावको मतदानका कारण सदनको कारबाही स्थगित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप