च्याम्पियन्स ट्रफीबाट बाहिरिए प्रभावशाली बलर कोएट्जी
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणअघि पाकिस्तान, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलिने कार्यक्रम छ । तर, शृंखला सुरु हुनुअघि नै दक्षिण अफ्रिकाका प्रभावशाली तीव्र गतिका बलर जेराल्ड कोएट्जी टोलीबाट बाहिरिएका छन् ।
उनले त्रिकोणात्मक शृंखलामात्र होइन, च्याम्पियन्स ट्रफी पनि नखेल्ने बताइएको छ । २४ वर्षीय कोएट्जी ‘ह्यामस्टिङ’ समस्याका कारण प्रतियोगिताबाट बाहिरिएको समाचारमा जनाइएको छ ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । फ्रेन्चाइज प्रतियोगिता एसए–२० लिग खेल्ने क्रममा उनमा ‘ह्यामस्ट्रिङ’ को समस्या देखिएको थियो ।
कोएट्जी पिठ्यूँको समस्याबाट पनि पिडीत छन् । त्यसले दक्षिण अफ्रिकी क्रिकेट बोर्डले उनलाई टोलीबाट हटाइएको हो । ‘उनको उपचार जारी छ । अझै पूर्णरुपमा स्वस्थ्य भइसकेका छैनन् । यस्तो स्थितिमा कोएट्जीलाई बलिङ गराउनु जोखिम हुन्छ । त्यसैले उनलाई टोलीबाट हटाउने निर्णय लिइएको हो,’ क्रिकेट दक्षिण अफ्रिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्रिकोणात्मक शृंखलाको पहिलो खेल शनिबार पाकिस्तान र न्युजिल्यान्डबिच लाहौरस्थित गद्दाफी स्टेडियममा खेलिने छ । फेब्रुअरी १० तारिखमा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच दोस्रो खेल लाहौरमै खेलिने छ । फेब्रुअरी १२ तारिखमा पाकिस्तान र दक्षिण अफ्रिकाबिच कराँचीमा तेस्रो खेल हुनेछ । फेब्रुअरी १४ तारिखमा कराँचीमै फाइनल खेल खेलिने छ । त्यसपछि सहभागी टोलीहरु च्याम्पियन्स ट्रफीमा सहभागी हुनेछन् ।
आगामी च्याम्पियन्स ट्रफीमा भने बंगलादेश, भारत, न्युजिल्यान्ड र आयोजक पाकिस्तान समूह ‘ए’ मा परेका छन् । अफगानिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका भने समूह ‘बी’ मा छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक पाकिस्तान र न्युजिल्यान्डबिच कराँची खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदमा विपक्षी दलका नेता प्रचण्डको सम्बोधन
-
आफूले सम्बोधन गर्दा ओली नआएको भन्दै प्रचण्डको आक्रोश
-
कांग्रेस जिल्ला सभापतिहरूको भेला– ओलीको अभिव्यक्तिमा आपत्ति, राज्य पुनर्संरचनाको माग
-
गायक रामकृष्णले गरे लता मंगेशकरको सम्झना
-
गगनको प्रश्न : जाजरकोट भूकम्प र असोजको बाढी पछिको पुनर्निर्माणमा सरकारले श्रोत कसरी जुटाउँछ ?
-
बादलले भने– माओवादीको जनयुद्ध हिंसा हो