सरकार आवासीय चिकित्सकका माग सम्बोधन गर्न तयार
![सरकार आवासीय चिकित्सकका माग सम्बोधन गर्न तयार](https://npcdn.ratopati.com/media/news/aawasiya-chikitsak-(9)_dIqJYftcKd.jpg)
काठमाडौँ । आवासीय चिकित्सकहरूले उठाउँदै आएका मागहरू सम्बोधन गर्न सरकार तयार देखिएको छ । बुधवार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवासीय चिकित्सकहरूका माग सम्बोधन गर्ने बताएका हुन् । सरकारी मेडिकल अधिकृत सरह सेवा सुविधाको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको हो ।
प्रधानमन्त्री ओलीले यो विषयमा चिकित्सा शिक्षा आयोगसँग छलफल गरेपछि लिखित सम्झौता गर्ने बताएका थिए ।
बैठकमा प्रधानमन्त्री ओलीसँगै शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, आवासीय चिकित्सकका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले मागका विषयमा आफू जानकार रहेको बताउँदै सम्बोधनका लागि आयोगसँग छलफल गरेपछि अघि बढ्ने बताएका हुन् ।
स्वास्थ्य मन्त्री पौडेल र शिक्षामन्त्री भट्टराईले संयुक्त रूपमा निर्णय गर्दै निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्षमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेका थिए । त्यसको विरोधमा चिकित्सकहरूले आन्दोलनको घोषणा गरेका हुन् । माघ १६ गतेदेखि चिकित्सकहरू आन्दोलन गर्दै आएका छन् ।
वार्ता सकारात्मक भए पनि लिखित सम्झौता नभएसम्म पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम यथावत् रहने स्वास्थ्यकर्मीहरूका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले जानकारी दिए । माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको तर, लिखित सम्झौता नहुँदासम्म आन्दोलनका कार्यक्रमले निरन्तरता पाउने संयोजक घिमिरेले बताए ।
आवासीय चिकित्सकहरूले यतिबेला इमरजेन्सी बाहेकका अन्य सेवा बन्द गरेर आन्दोलन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बादलले भने– माओवादीको जनयुद्ध हिंसा हो
-
अध्यादेशबारे निर्णय गर्न बसेको जसपा नेपालको संसदीय दलको बैठक विनानिष्कर्ष सकियो
-
कुजात भनेको के हो ? प्रचण्डलाई स्पष्ट पार्न रुलिङको माग
-
सामाजिक सञ्जाल विधेयकमा युवाको आवाज सुनोस् : सुमना श्रेष्ठ
-
आमिरले राखेको कार्यक्रममा शाहरुख र सलमान पुग्दो जे देखियो
-
१५ तस्बिरमा हेर्नुहोस् प्रतिनिधिसभा बैठक