संसद्मै निर्णय गर्छु, अहिले गोपनीयता खोल्दिनँ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यादेशबारे संसद् बैठकमै पुगेर निर्णय लिने बताएका छन् । राष्ट्रियसभाबाट अध्यादेश पारित गर्न सत्तापक्षलाई सकस पर्ने देखिएपछि नेता गौतम अध्यादेशको पक्षमा उभिन्छन् कि विपक्षमा भन्ने बहस भइरहेका बेला गौतमले अहिले नै गोपनीयता नखोल्ने प्रतिक्रिया दिएका हुन् ।
‘संसद् बैठकमै पुगेपछि निर्णय, गर्छु अहिले गोपनीयता खोल्दिनँ’, गौतमले रातोपाटीसँग भने, ‘भोट हाल्ने ठाउँमा जान्छौ अनि निर्णय गर्छौ अहिले सबै खोतल्न नखोज्नुस ।’
गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस, एमाले र लोसपा गरी २७ सांसद छन् । जबकि अध्यादेश स्वीकृत गर्न बहुमतका लागि ३० जना सांसद आवश्यक पर्छ ।
यस्तोमा मनोनित अञ्जान शाक्यले अध्यादेशको पक्षमा मत हाल्ने निश्चित नै छ । शाक्यको मत जोड्दा २८ पुग्छ । त्यसबाहेक अझै दुई सांसद सत्तापक्षलाई चाहिन्छ ।
त्यसका लागि सत्ता पक्षले ३ सांसद रहेको जसपालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ । तर उसले निर्णय लिइसकेको छैन । यस्तो अवस्थामा सत्तापक्षलाई गौतमको समेत साथ चाहिन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक