बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

अमेरिकालाई पछ्याउँदै अर्जेन्टिनाले पनि छाड्यो डब्ल्यूएचओ

बिहीबार, २४ माघ २०८१, १० : ५१
बिहीबार, २४ माघ २०८१

ब्यूनोस आयर्स । अर्जेन्टिनाकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ । अनेकौं मतभेदका कारण आफ्नो देशलाई संयुक्त राष्ट्र संघको सो एजेन्सीबाट फिर्ता बोलाउने आदेश दिएको अर्जेन्टिनी राष्ट्रपति हाभियर मिलेइले बताए । 

आफ्नो यो निर्णय उनको मित्र तथा मित्र राष्ट्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशसँग मिल्दोजुल्दो छ । ट्रम्पले पदभार ग्रहण गरेको पहिलो दिन एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर अमेरिकालाई डब्लुएचओबाट फिर्ता लिने प्रक्रिया सुरु गरेका थिए ।

डब्ल्यूएचओबाट अर्काे सदस्य देशको बहिर्गमनले विश्वव्यापी स्वास्थ्यमा सहकार्यलाई अझ कमजोर बनाउने चिन्ता गर्न थालिएको छ । तर, विश्व स्वास्थ्य संगठनले २०२४/२०२५ को लागि अनुमानित ६.९ अर्ब अमेरिकी डलर बजेटमध्ये अर्जेन्टिनाबाट लगभग ८० लाख अमेरिकी डलर मात्र प्राप्त गर्ने अपेक्षा गरिएको थियो ।

यस्तो छ अर्जेन्टिनाको तर्क

अर्जेन्टिनाको निर्णय स्वास्थ्य व्यवस्थापन विशेष गरी कोभिड–१९ महामारीको समयमा उत्पन्न गहिरो भिन्नतामा आधारित भएको प्रवक्ता म्यानुएल एडोर्नीले ब्यूनस आयर्समा भने । त्यतिबेला डब्ल्यूएचओको दिशानिर्देशहरूले मानव इतिहासको सबैभन्दा ठुलो लकडाउन निम्त्याएको उनको भनाइ छ । 

डब्ल्यूएचओलाई देशहरूलाई विशेष स्वास्थ्य कार्यहरू गर्न बाध्य पार्ने कुनै अधिकार नभएको र संस्थाको दिशानिर्देश र सिफारिसहरूलाई प्रायः बेवास्ता गरिने पनि उनले बताए । यसमा कोभिड–१९ जस्ता स्वास्थ्य सङ्कटहरू पनि समावेश छन् । यद्यपि, माइलीको निर्णय कहिलेदेखि लागू हुनेछ भनेर एडोर्नीले भनेनन् । केही देशहरूको राजनीतिक प्रभावका कारण डब्ल्यूएचओको स्वतन्त्रता घटेको पनि कसैको नाम नलिई उनले बताए ।

अर्जेन्टिनाको घोषणालाई विचार गर्दैछ डब्ल्यूएचओ

डब्ल्यूएचओले अर्जेन्टिनाको घोषणामाथि विचार गरिरहेको बताएको छ । डब्ल्यूएचओ एक मात्र त्यस्तो संस्था हो जुन गम्भीर स्वास्थ्य सङ्कटहरू, नयाँ रोगहरूको प्रकोप र इबोला, एड्स र मंकीपक्स लगायत विद्यमान स्वास्थ्य खतराहरूमा विश्वव्यापी प्रतिक्रियाहरू समन्वय गर्ने अधिकार पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप