बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

सन नेपाल लाइफद्वारा समता फाउन्डेसन लाई सहयोग

बिहीबार, २४ माघ २०८१, १० : २०
बिहीबार, २४ माघ २०८१

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउन्डेसन लाई रु पाँच लाख मात्र  आर्थिक सहायता प्रदान गरेको छ।

 उक्त सहयोग फाउण्डेसनमा अध्ययनरत बिद्यार्थीहरुको शिक्षातर्फ खर्च हुने जनाइएको छ । एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त रकम फाउन्डेसनका प्रतिनिधि दीपक बस्नेतलाई  हस्तान्तरण गरे । 

 सबैका लागी  शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउन्डेसनलाई दिएको  यस योगदानले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ । कम्पनीले  १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप