ट्रम्पको गाजा योजनाबारे ह्वाइट हाउसले दियो यस्तो स्पष्टीकरण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले गाजाबारे राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाबारे स्पष्टीकरण दिएको छ । ट्रम्प गाजाको पुनर्निर्माण र त्यहाँका मानिसहरूलाई अस्थायी रूपमा स्थानान्तरण गर्न प्रतिबद्ध भएकाे तर ट्रम्पले स्थानान्तरण स्थायी हुन सक्ने बताएको ह्वाइट हाउसका एक प्रवक्ताले भनेका छन् ।
गाजाको पुनर्निर्माणको लागि यो उदार प्रस्ताव भएको अमेरिकी विदेशमन्त्रीले बताएका छन् । गाजाबाट प्यालेस्टिनीहरूलाई निकालेर अर्को ठाउँमा स्थानान्तरण गर्ने मुद्दाको पाँच प्रमुख अरब देशहरूले विरोध गरेका थिए ।
यस विषयमा इजिप्टको राजधानी कायरोमा इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, प्यालेस्टिनी प्राधिकरण र अरब लिगका विदेशमन्त्रीहरूको बैठक बसेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट हटाएर इजिप्ट र जोर्डनमा बसोबास गराउनुपर्ने बताएका थिए । गाजालाई विनाशको ठाउँ बताउँदै ट्रम्पले ‘तपाईँ सायद डेढ लाख मानिसहरूबारे कुरा गर्दै हुनुहुन्छ, तर हामी त्यो सम्पूर्ण ठाउँलाई सफा गरिदिनेछौँ ।’ यो कदम अस्थायी वा दीर्घकालीन दुवै हुन सक्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीजी र मैले दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउने अठोट गर्यौँ : प्रधानमन्त्री
-
भट्टेडाँडाबाट ठुलो परिमाणमा लागुऔषधसहित ४ जना भारतीय नागरिक पक्राउ
-
सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न : प्रधानमन्त्री
-
वीरेन्द्रनगरमा कसले चलायो गोली ?
-
स्वदेश फर्किए प्रधानमन्त्री, तस्बिरहरू
-
हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला