आईसीसी च्याम्पियन्स ट्रफीमा अर्को विवाद, भारतीय अम्पायरहरु म्याच खेलाउन पाकिस्तान नजाने
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करण सुरु हुनुअघि एकपछि अर्को विवाद आउने क्रम जारी छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदै छ ।
प्रतियोगितामा सबैभन्दा पहिले भारत र पाकिस्तानबिचको सम्बन्धले विवाद सृजना ग¥यो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुरक्षाको कारण देखाउँदै आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय लियो ।
लामो समय विवाद चलेपछि प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गर्ने निर्णय लिइयो । सोही कारणले भारतले आफ्नो सबै खेल यूएईमा खेल्ने तय भएको छ । त्यसपछि पूर्वाधार निर्माणको काम निर्धारित समयमा नसकिएको भन्दै अर्को विवाद सुरु भयो ।
अहिले आएर फेरि च्याम्पियन्स ट्रफीमा अर्को विवाद सुरु भएको छ । आईसीसीले च्याम्पियन्स ट्रफी खेलाउने अम्पायरहरु नियुक्त गरिसकेको छ । तर, अन्तिम समयमा आएर भारतीय अम्पायरहरुले आफूहरू च्याम्पियन्स ट्रफी खेलाउने पाकिस्तान भ्रमणमा नजाने अडान लिएका छन् ।
आईसीसी एलिट प्यानलमा आबद्ध भारतीय अम्पायर नितिन मेननले पनि आफू च्याम्पियन्स ट्रफीका खेलहरु खेलाउन पाकिस्तान नजाने बताएका छन् । अन्य केही भारतीय अम्पायरले पनि पाकिस्तान भ्रमणमा नजाने अडान लिएको समाचारमा जनाइएको छ ।
च्याम्पियन्स ट्रफीमा कुमार धर्मसेना, क्रिस गेफनी, माइकल गाफ, एड्रियन होल्डस्टाक, रिचर्ड एलिगवर्थ, एहसान रजा, इब्ने शाहिदलगायतलाई पनि अम्पायर प्यानलमा समावेश गरिएको छ ।
यसका अतिरिक्त, भारतका अनुभवी म्याच रेफ्री जवागल श्रीनाथ पनि च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान नजाने दाबी समाचारमा गरिएको छ । आगामी च्याम्पियन्स ट्रफीमा आठवटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा बङ्गलादेश, भारत, न्युजिल्यान्ड र आयोजक पाकिस्तान समूह ‘ए’ मा परेका छन् । अफगानिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका भने समूह ‘बी’ मा छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक पाकिस्तान र न्युजिल्यान्डबिच कराँची खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने
-
बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
नेसपा (नयाँ शक्ति)को भावी नेतृत्वमा बाबुराम निर्विकल्प !
-
सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक : अध्यक्ष ढकाल
-
आठसय मिटर दौडमा विकास र राज्यलक्ष्मी च्याम्पियन
-
समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष