सिजनको पहिलो उपाधि जित्ने आर्सनलको सपना चकनाचुर, सेमिफाइनलमा न्युक्यासलसँग स्तब्ध:

काठमाडौँ । सिजनको पहिलो उपाधि चुम्ने आर्सनलको सपना चकनाचुर भएको छ । इङ्लिस लिग कप (काराबाओ कप) फुटबल प्रतियोगिताको बिहीबार विहान सम्पन्न सेमिफाइनल खेलमा न्युक्यासल युनाइटेडसँग पराजित भएपछि आर्सनल उपाधि होडबाट बाहिरिएको हो ।
सेमिफाइनलको दोस्रो लेग खेलमा न्युक्यासलले आर्सनललाई २–० गोलले हरायो । उक्त जितसँगै न्युक्यासल ४–० कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । यसअघि सम्पन्न सेमिफाइनदको पहिलो लेग खेलमा पनि न्युक्यासलले आर्सनललाई २–० गोलले हराएको थियो ।
सेमिफाइनलको दोस्रो लेग खेलमा न्युक्यासलले दुबै हाफमा एक–एक गोल गरेको थियो । निर्धारित समयको १९औँ मिनेटमा ज्याकब मर्फीले गोल गर्दै घरेलु समर्थकलाई खुसी तुल्याएका थिए । सोही गोलका कारण पहिलो हाफमा न्युक्यासल अगाडि रह्यो ।
निर्धारित समयको ५२औँ मिनेटमा न्युक्यासलका लागि एन्थोनी गोर्डनले टोलीका लागि दोस्रो गोल थपेका थिए । खेलको प्रारम्भदेखि नै घरेलु टोली न्युक्यासलले आर्सनललाई दबाबमा राखेको थियो ।
इङ्लिस प्रिमियर लिगमा भने आर्सनल उपाधिको होडमा कायमै छ । प्रिमियर लिगमा हालसम्म २४ खेल टुंग्याएको आर्सनल ५० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तालिकाको पहिलो स्थानमा आसिन लिभरपुलले भने २३ खेलबाट ५६ अंक बटुलेको छ ।
काराबाओ कपको फाइनलमा अब न्युक्यासलले लिभरपुल वा टोट्टनहामसँग भिडन्त गर्नेछ । सेमिफाइनलको पहिलो लेग खेलमा टोट्टनहामले लिभरपुललाई १–० गोलले हराएको थियो । सेमिफाइनलको दोस्रो लेग खेल बिहीबार राति खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त