बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा बसेका राना मृत भेटिए

बिहीबार, २४ माघ २०८१, ०९ : ४७
बिहीबार, २४ माघ २०८१

धनगढी । कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा बिरामीको कुरुवा बसेका एकजना मृत भेटिएका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना बुधबार राति २ बजेतिर हस्पिटलको शौचालयमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता कवीन्द्र बोहराका अनुसार सो अस्पतालमा आफ्ना १७ महिनाका भतिजा दिभान रानाको कुरुवा बसेका उनी शौचालयमा लडेको अवस्थामा मृत फेला परेको हुन् । 

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोहराको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप