कमलपोखरी स्थित एक खाजा घरमा ग्यास विस्फोट, ११ जना घाइते
बिहीबार, २४ माघ २०८१, ०९ : ४३

काठमाडौँ । काठमाडौँको कमलपोखरी स्थित एक खाजा घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् । केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।
सो स्थानमा काम गर्ने ११ जना पुरुष घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्याइएको छ । घाइते मध्य उदयपुर घर हुने वर्ष २४ को संजोग मगर सिरियस भएकोले हिमाल अस्पतालको एम्बुलेन्स बाट कीर्तिपुर बर्न सेन्टर पठाइसकिएको छ ।
अन्य घाइतेलाई प्राथमिक उपचार पश्चात् कीर्तिपुर बर्न सेन्टर पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
मोटर्स कम्पनीमा वाणिज्य विभागको अनुगमन, पाँच कम्पनीको बिक्री वितरण रोक्का
-
तराई मधेस जागरण अभियान पुनः सुरू भयोः अध्यक्ष दाहाल
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
कर्मचारी स्थायी गर्न गण्डकी विश्वविद्यालयलाई उच्चको तगारो, दियो अन्तरिम आदेश