बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने

बिहीबार, २४ माघ २०८१, ०९ : ३५
बिहीबार, २४ माघ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आजको बैठकमा प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक विषयमा आफ्नो धारणा र सरकारलाई सुझाव दिने बताए । 

यसअघि सङ्घीय संसदको हिउँदे अधिवेशन सुरु भएको दिन अन्य शीर्ष नेताले सम्बोधन गरेर पनि प्रचण्ड बोलेका थिएनन् ।

आज बस्ने प्रतिनिधि सभामा यसअघि सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका विभिन्न ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप