स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।
स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी ऐनको दफा २२ बमोजिम नियुक्ति गर्नुपर्ने भएकोले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१ को दफा ५ को उपदफा (१) बमोजिम दरखास्त आव्हान भएको हो ।
योग्यता पुगेका उम्मेदवारले तपसिल बमोजिमको आवश्यक विवरण संलग्न गरी दश दिन भित्र यस मन्त्रालयमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।
सरकारी निकाय वा संस्थागत सेवारत आवेदकको हकमा दरखास्तसाथ सेवारत निकायबाट स्वीकृति प्रदान गरिएको पूर्वस्वीकृति अनिवार्य पेस गर्नुपर्ने सर्त राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म