बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

मकवानपुर । बागमती प्रदेशसभाको बैठक बस्दै छ । बिहीबार दिउँसो १ बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्नेछ ।
सो बैठकमा सांसदहरूका लागि विशेष समयको कार्यसूची निर्धारण गरिएको प्रदेशसभा सचिवालय हेटौँडाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार प्रदेशसभाको बैठकमा निर्वाचन क्षेत्र केन्द्रित विशेष समयको कार्यसूचीमा सांसदहरूले निर्वाचन क्षेत्रका समस्या, विकासका काम, आवश्यकता आदिका विषयमा धारणा राख्नेछन् ।
सो बैठकमा प्रदेश लोक सेवा आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ । बैठकमा गत आर्थिक वर्षमा लोक सेवा आयोगले गरेका काम कारबाही लगायतका विषयहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन पेस हुनेछ ।
यसअघि प्रदेशसभाको बुधवार बसेको बैठकमा ५ विधेयकहरू पेस भएको थियो भने उक्त विधेयकहरू माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक संयन्त्रको कुरा सरकारले नटेरेको गगनको गुनासो
-
ट्रम्प ट्यारिफबारे चीनको प्रतिक्रिया : हामी पछि हट्ने छैनौँ
-
शिक्षक आन्दोलनले बानेश्वरमा सडक आवागमन प्रभावित, तस्बिरहरू
-
काम नलाग्ने वार्तामा हामी सहभागी हुँदैनौ : अध्यक्ष सुवेदी
-
अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु
-
६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)