देशभर ३ लाख ५५ हजार किशोरीले लगाए एचपीभी खोप
![देशभर ३ लाख ५५ हजार किशोरीले लगाए एचपीभी खोप](https://npcdn.ratopati.com/media/news/hpv-khop-(9)_1i36086zO8.jpg)
काठमाडौँ । देशभर एचपीभी खोप ३ लाख ५५ हजारले लगाएका छन्। सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान मार्फत ३ लाख ५५ हजार किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ।
अभियान फागुन ६ गतेसम्म जारी रहनेछ । देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ।
एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो ।
औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ । यही क्यान्सरका कारणले पनि दैनिक चार जनाको मृत्यु भइरहेको छ । यो अवस्थालाई निवारण गर्न खोप अपरिहार्य रहेकाले सरकारले एचपीभी खोप अभियान अघि सारेका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
यी हुन् नेपाललाई ग्रे–लिस्टमा पुर्याउने सूचकहरू
-
जलवायु सङ्कट सबै दलको साझा चासो र चिन्ताको विषय : विश्वप्रकाश शर्मा
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सहकारीको पैसा नतिर्ने सञ्चालक र ऋणीको सम्पत्ति बिक्री सुरु, तीन व्यक्तिको लिलामी गरिँदै
-
समस्याग्रस्त १९ सहकारीका बचतकर्तालाई छुट दाबी पेस गर्न आह्वान