बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

बिहीबार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल

बिहीबार, २४ माघ २०८१, ०५ : २४
बिहीबार, २४ माघ २०८१

आज विक्रम संवत २०८१ साल माघ २४ गते, बिहीबार । ईश्वी सन् २०२५ फेव्रुवरी ६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–नवमी, ५४ घडी ५८ पला, रातको १२ बजेर ४९ मिनेट उप्रान्त दशमी । नक्षत्र–कृतीका, ३७ घडी १ पला, बेलुकी ९ बजेर ३८ मिनेट उप्रान्त मृगशिरा । योग–ब्रम्ह, ३५  घडी २४ पला, बेलुकी ९ बजेर ० मिनेट उप्रान्त ऐन्द्र । करण–बालव, दिउसो १ बजेर ५२ मिनेट उप्रान्त कौलव, रातको १२ बजेर ४९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४७ मिनेट । दिनमान २७ घडी २३ पला ।

आजको बार बेला  
बिहान ०६ बजेर ५० मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ५१ मिनेटदेखि बिहान ८ बजेर १२ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर १३ मिनेटदेखि बिहान ९ बजेर ३४ मिनेटसम्म उद्धेग बेला ।
बिहान ०९ बजेर ३५ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म अमृत बेला ।
दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर  ३ मिनेटसम्म काल बेला ।
दिउँसो ३ बजेर ४ मिनेटदेखि बेलुकी ४ बजेर २५ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर २६ मिनेटदेखि बेलुकी ७ बजेर २५ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो १ बजेर ४० मिनेटदेखि दिउँसो ३ बजेर २ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १४ मिनेटदेखि बिहान ६ बजेर २ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आफन्तबाट भनेजस्तो सहायोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । व्यापार तथा शेयरमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा काम बन्ने छन् ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक वा राजनीतिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । विद्यार्थीले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रका साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) लामो दुरीको यात्रा हुने भएता पनि यात्राका क्रममा ध्यान दिनुहोला, समय मध्ययम रहेको छ । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ, ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुनसक्छ । र, पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) परिवार, आफन्त र ईष्टमित्रसँग आत्मियता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ । राजनीतिक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन् । पति पत्नीबीच सम्बन्धमा सुधार आउनेछ । राजनीति तथा समाजसेवा जस्ता क्षेत्रमा तपाईंको नाम चर्चामा आउनेछ । विवादित विषयहरु तपाईंकै पक्षमा फैसला हुनेछ । सांगीतिक यात्राको प्रवल सम्भावना छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेकोछ । काम गर्ने ठाउमा तपाईंको कामको प्रशंसा हुनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलतापूर्वक कामहरु सम्पादन गर्न सकिनेछ । साथीभाई तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईंको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ । आर्थिक क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव बढ्नेछ भने समय अनुशार अपडेट नहुदा अरुभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीसँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) विपरीत लिङगप्रतिको आकर्षण बढेर जानेछ । विलाशी वस्तुको प्रयोगमार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोगमार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुनेछ । पारिवारिक भेटघाटमा मीठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आर्थिक क्षेत्रबाट लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम रहेनेछ । व्यापार तथा शेयरबाट राम्रै आम्दानी गर्न सकिनेछ ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) समय राम्रो रहेकाले थोरै समयमा उपलब्धिमूलक कामहरु गर्न  सकिनेछ । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरु बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागी हुनेछ । पढाइ लेखाइकै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नोकरीमा पदोन्नती हुने योग रहेकोछ । सन्तान तथा आफन्तको सहयोग पाउदा मन प्रशन्न हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) आफुले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । आमा वा आफन्तसँग टाढिएर टाढाको यात्रा हुदा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । र, पनि घर जग्गा तथा माटोसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी लाभ लिन सकिनेछ । सवारी साधनको खरिदबिक्री तथा वित्तीय क्षेत्रको लगानीबाट आय आर्जनमा बृद्धि हुनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) महत्वकांक्षी योजनाहरु सार्वजनिक गरि आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाँटी सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजुभाई तथा बन्धुबान्धवको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्रा तय गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ । व्यापार वा शेयर लगानीबाट लाभ लिन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप