रियाल मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
बिहीबार, २४ माघ २०८१, ०४ : ५५
काठमाडौं । लेगानेसलाई हराउँदै रियाल मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा पुगेको छ । वुधबार राती भएको क्वार्टर फाइनल खेलमा ३-२ को संघर्षपूर्ण जित निकाल्दै रियाल सेमिफाइनल पुगेको हो ।
कार्लो एन्सेलोटीको इज्जत राख्न रियाललाई लुका मोड्रिच, एन्ड्रिकले सुरुवाती अग्रता दिलाए भने गोन्जालो गार्सियाले निर्णायक गोल गरे । लेगानेसका लागि हुवाँ क्रुजले दुई गोल गरे ।
यसअघि गेटाफेलाई ५-० को फराकिलो अन्तरले हराउँदै एटलेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा पुगिसकेको छ ।