गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा अधिग्रहरण गर्ने योजनाको थुप्रैले आलोचना गरेका छन् । ट्रम्पले यो योजना हर कुनैलाई मन परेको जिकिर गरे पनि सहयोगी राष्ट्रहरुले यो विचारलाई रिजेक्ट गरिदिएका छन् । बेलायतले प्यालेस्टाइनीहरुलाई आफ्नो मातृभूमिका राखिनु पर्ने बताएको छ ।
इजिप्टले गाजामा प्यालेस्टाइनीहरुलाई नै पुर्नवास गरिनु पर्ने राय दिएको छ भने साउदी अरेबियाले प्यालेस्टाइनीरुलाई विस्थापित गर्ने कुनै पनि प्रयासलाई स्वीकार नगर्ने बताएको छ ।
ट्रम्पले गाजालाई दीर्घकालीन रुपमा अमेरिकी स्वामित्व दिने प्रस्ताव हर कुनैले मन पराएको भनी सार्वजनिक रुपमै बोलेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको अमेरिका भ्रमणका दौरान ह्वाइट हाउसमा भएको संयुक्त प्रेस मिटमै उनले गाजालाई अधिग्रहरण गर्ने र त्यहाँका प्यालेस्टाइनीहरुलाई बाहिर निकाल्ने योजना सुनाएका थिए ।
विदेशमन्त्री मार्को रुबियोले समेत ट्रम्पको गाजा क्लिन अफरलाई शत्रुतापूर्ण कदमका रुपमा हेर्न नहुने बताएका छन् । गाजाका नागरिकले त्यो भूमि अर्थात् जमिन आफ्नो बताइँरहँदा प्यालेस्टाइनी प्राधिकरणले प्यालेस्टाइनीहरुको पुर्नवास नहुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ